माेटरसाइकलकाे ठक्कर बाट बालकको मृत्युु

डांडादरा एफ एम
पञ्चपुरी सुर्खेत२८भदौ ,,
सुर्खेतकाे पञ्चपुरी नगरपालिका वडा नम्बर ५ मा गए राति ७:५० बजे बा ४८प ७६२२ नम्बरको माेटरसाइकल काे ठक्कर बाट एक वर्षिय बालककाे ज्यान गएको छ। ज्यान गुमाउने मा पञ्चपुरी नगरपालिका ५ का महेन्द्र ढुङ्गाना का छाेरा अभिशेष ढुङ्गाना रहेका छन । दुर्घटनामा परि विस्ना ढुङ्गाना र चालक कैलालीको लम्की चुहानगरपालिका का अर्जुन शाह गम्भीर घाइते भएका छन । घाइतेलाई उपचारका लागि बिरेन्द्रनगर लिँदै गर्दा बालकको बाटोमै ज्यान गएको थियाे । घाइते विस्ना लाई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको पारिवारिक स्राेतले जनाएको छ। चालक शाहकाे उपचार देउती अस्पताल सुर्खेतमा भइरहेको छ। माेटर साइकल तिव्र गतिमा चलाएका कारण दुर्घटना भएकाे इलाका प्रहरी कार्यलय बाबियाचाैरका प्रमुख शुशाेभन श्रेष्ठले जानकारी दिए।शाह असिम अटाेपार्टकाे शाखा राेशनी अटाे पार्टस बाबियाचाैरमा कालिगडकाे काम गर्दै अाएका थिए ।

 

Chat conversation end

Leave a Reply

Your email address will not be published. Required fields are marked *