७ जना बालबालिका सम्मानित

अमर कार्की

रेडियो डाडादरा एफएम

२९भदौ पञ्चपुरी सुर्खेत ।

राष्ट्रिय बालदिवशकाे अवसरमा ७ जना बालबालिकालाई सम्मानित गरिएको छ । सुखी नेपाली समृद्ध नेपाल, बालअधिकार सबैकाे सराेकार भन्ने मुल नाराका साथ राष्ट्रिय बालदिवश पञ्चपुरी नगरपालिका मा बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका काे अायाेजनामा भएको कार्यक्रममा नगरपालिका भित्र रहेका २०७४ सालकाे एस ईई मा उत्कृष्ट नतिजा ल्याउने छात्र छात्रा हरुलाइ सम्मान गरिएको छ । कार्यक्रम मा दलित छात्राहरु मध्ये बाट बिद्याज्याेती माद्यामिक बिद्यालय पञ्चपुरी नगरपालिका ५ का जानकी बि क छात्र तर्फ जनसृजना माद्यामिक बिद्यालय पञ्चपुरी ११ का नवराज बि क लाई नगद तथा प्रमाणपत्र ले सम्मानित गरिएको छ । त्यस्तै जनजाति तर्फबाट सुर्यप्रकाश माद्यामिक बिद्यालय पञ्चपुरी २ का चेतन पुन, ईन्द्र राम्जाली र दुर्गा सिजापती सम्मानित भएका हुन । नगरपालिका भित्र का सर्वाेत्कृष्ठ नतिजा ल्याउने छात्र जनता माद्यामिक बिद्यालय पञ्चपुरी ९ का बिमल घिमिरे र छात्रा सुर्य प्रकाश माद्यामिक बिद्यालय पलैटेका सृजना सुवेदी लाई सम्मान गरेको छ । कार्यक्रममा बाबियाचाैरमा रहेको गुरुकुल बिद्यालय का १०जना बालबालिकालाई शैक्षिक सामाग्री समेत बितरण गरिएको छ । कार्यक्रम मा बाेल्दै पञ्चपुरी नगरपालिका का नगर प्रमुख उपेन्द्र बहादुर थापाले प्रचारप्रसारमा मात्रै बालदिवश नभई राम्रो काम गरेको बालबालिकालाई प्राेत्साहन गर्नु नै बाल दिवश काे सार्थकता हुने बताउनुभएको छ । साथै उहाले बालवालिका लाई पढ्ने खालकाे बातावरण बनाउन शिक्षक पनि सक्रिय हुनुपर्ने मा जाेड दिनुभएको छ । बालअधिकार काे संरक्षण का लागि अभिभावक ले पनि हेरबिचार गर्न अावश्यकता अाैल्याउनु भएकाे छ । कार्यक्रम काे संचालन नगरपालिका का नायब सुब्बा भद्र बहादुर थापाले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *