बाबियाचौरको जामु पुलमा आजदेखि यातायातका साधन सुचारु ,जोखिमपूर्ण डुंगा यात्रा बाट स्थानिय मुक्त

रेडियो डांडादरा एफएम

पञ्चपुरी सुर्खेत ७असोज । बर्षातको समयमा उर्लने भेलको बेवास्ता गर्दै ज्यानको पर्वाह नै नगरेर जोखिमपुर्ण यात्रा गर्दै आएका पञ्चपुरीका बासिन्दाले अब उक्त जोखिम मोल्न नपर्ने भएको छ । विसं। २०७१ साल साउन २९ गते भेरी नदिमा आएको बाढीले झोलुङ्गे पुल भत्काउनुका साथै जनधनको क्षति गरेको थियो । पञ्चपुरी नगरपालिका वडा नं १० र ११ तातापानीका नागरिकलाई बाबियाचौरसम्म पुग्ने एकमात्र पुल बगाए पछि आवत जावतमा निकै कठिनाइ भएको थियो । करिब ४ बर्षसम्म यहाँका नागरिकले पीडा सहेर बस्नुपर्ने बाध्यता रह्यो । विसं २०७२ सालबाट निर्माण शुरु भएको पञ्चपुरी नगरपालिका वार्ड नं ५ र वार्ड नं १० जोड्ने भेरी नदिको पक्की पुलको निर्माण कार्य सम्पन्न भइ आइतबार देखि यातायातका साधनहरु सञ्चालनमा आएका छन । अनुक कन्ट्रक्सन प्रालिले ३६ करोडको लगानीमा निर्माणको जिम्मा लिएको थियो। यो पुलको लम्बाइ ३ सय ३५ मिटर रहेको छ । पञ्चपुरी नगरपालिकाका नागरिकहरुले अब छिमेकी वडासँगको सम्बन्ध भाईचाराको जस्तो हुने र नगरपालिकासँग वडाको सम्बन्ध र समन्वय गर्न निकै कठिन भएकोमा पक्कि पुल निर्माणसँगै वडाबासीले सेवा सजिलोसँग पाउनुका साथै कुइने बाट सहजै यातायातका साधनकाे प्रयाेग जान सक्ने स्थानीय नागरिकहरुले बताएका छन। बाबियाचौरबाट डुङ्गामा तरेर पढाउनका लागि विद्याज्योति आधारभुत विद्यालय कुईने जानुपर्छ । कति दिन त समयमै विद्यालय पुग्न गाह्रो भएको शिक्षिका मैनकला बिसीले अाफ्नाे दुखेसो पाेखिन । पुल बनेपछि आफनो समस्या पनि समाधान भएको उनले बताइन । आफूले कल्पनासम्म नगरेको ठाउँमा पुल बनेकोमा खुसी भएको स्थानीय टीकाराम ढकाले बताए । नदिमा पुल नभएका कारण दैनिक उपभोग्य सामान समेत महङ्गो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको पञ्चपुरी वडा नं १० का ब्यापारी तथा वडा सदस्य वेदराज भण्डारीले बताए । सुत्केरी महिला, बिरामीहरु समयमै अस्पतालमा पुर्याउन समेत समस्या हुने गरेकोमा अब सबै समस्या पुलले समाधान गरिदिने धेरैले अपेक्षा गरेका छन् । जेठमा पुलको काम सकिए पनि यातायातका साधनहरु चल्न सकेका थिएनन् । आइतबार पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्र थापा उपमेयर मुक्ती रेग्मी लगायत स्थानिय जनप्रतिनीधी,वुद्दिजीवी ,र पुर्व सञ्चार राज्य मन्त्री तप्त बहादुर बिष्टको उपस्थितीमा अनाैपचारीक कार्यक्रमका बिच यातायातका साधनहरु सञ्चालन गरिएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *