दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाको जित

एजेन्सी

दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले एक खेलको टि–ट्वान्टी क्रिकेट खेलमा जित हात पारेको छ । श्रीलंकाले दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गरेको हो ।
आर प्रेमदसा रंगशालामा भएको खेलमा श्रीलंकाले दक्षिण अफ्रिकालाई हराउन सफल भएको हो । ९९ रनको झिनो लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले १६ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । श्रीलंकाका लागि दिने चन्डिमालले अविजित ३६ र धनन्जय डे सिल्भाले ३१ रनको योगदान दिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १६.४ ओभरमा सबै विकेटको क्षतिमा ९८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि डि कोकले २० रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्
श्रीलंकाका लागि लक्शान सन्दकानले ३, अकिला धनन्जय र धनन्जय डे शिल्भाले समान २–२ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *