पढाइ छाेडेर सिलाइ कटाइ

जगतदल जनाला बिक

रेडियो डांडादरा एफ एम पञ्चपुरी सुर्खेत ९असाेज। पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का २१वर्षीय नम्रता नेपाली र २०वर्षीय बेला बिकले पढाइ छाेडेर सिलाइ कटाइ व्यसाय अंगालेकी छन ।२०७४ मंसिरमा २५ हजार बाट दुइ जनाकाे साझेदारीमा सिलाइ कटाइ व्यवसाय सुरु गरेका थिए ।उनीहरुलाइ सुरुमा सिलाइ कटाइ सेन्टर खाेल्न त्यति सहज थिएन ।विभिन्न समुहबाट ऋण लिएर व्यवसाय सुरु गरेका थिए ।अार्थीक अभाव,घरायसी समस्याका कारण पढाइलाई निरन्तरता दिन नसकेका यी दुई जना किशोरीले तालिम सेन्टरमा अलि,अलि सिकेकै भरमा सिलाउने काम गरेपनि अहिले पञ्चपुरीमै सिलाइ कटाइमा अब्बल मानिन्छन ।अहिले उनीहरूलाई महिलाहरुका कपडा सिलाउनमा भ्याइ नभ्याइ छ ।दुबै जनाले कमाएको पैसा बराबर बांड्छाै। घरभाडा,बिजुलीकाे बिल कटौती गरी दैनिक ६सय देखि १ हजार सम्म बचत गर्ने गरेको नम्रता नेपालीले बताइन।उनले भनिन् यसै व्यवसाय बाट घरखर्च पनि चलाएकी छुं ,अामा बुवा र घरपरिवाले पनि नकमाउने बेला फरक व्यवहार गर्थे अहिले कमाउने भएपछि घरका हरेक कामहरु गर्दा साेध्छन सल्लाह लिन्छन् मायां गर्छन् ।पढ्न नसकिए पनि सिलाइ कटाइ बाटै अाफ्नाे दैनिकी जीवन चलाउने बताइन ।अहिले उनीहरु दुई जनाले ३ जनालाई तालिम पनि सिकाउने गरेका छन ।तालिम सिक्ने प्रत्येक जनाले मासिक १५ सय तिर्छन ।अाफुहरुले दैनिक कमाइकाे ७०प्रतिशत जति रकम विभिन्न समूह र सँस्थाहरु जम्मा गर्ने गरेकाे अर्की उद्यमी बेला बिकले बताइन् ।उनले भनिन् पढे लेखेका मानिस पनि बेरोजगार छन हामी नपढेर पनि अाफ्नाे व्यवसाय गरि राेजगार नै छाैं ।पढ्न नसकेर पनि दुःखी छैन यहि पेशामा नै खुसी छुं ।सकेको दिनमा गर्याे नसकेको दिनमा बस्याे किन गरेनौं भन्ने छैन ।अाफुहरु जस्तै सिक्न चाहेका तर अार्थीक नभएका महिला दिदिबहिनीहरु लाई निशुल्क पनि सिलाइ कटाइ सिकाउने बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *