नेपालगञ्ज जानु पर्ने बाध्यता हट्यो, सुर्खेतबाटै लाइसेन्स वितरण गरिने

रेडियो डांडादरा एफ.एम १७ असोज ।
पञ्चपुरी सुर्खेत । सुर्खेतबाटै सवारी चालक अनुमति पत्र (लाईसेन्स) वितरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय सुर्खेतले अबको तीन महिनाभित्र लाईसेन्स वितरण गर्ने तयारी थालेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको यातायात सेवा कार्यालयलाई सवारी चालक अनुमति पत्रका लागि आवश्यक प्रक्रिया मिलाउन निर्देशन दिएको खबर सुर्खेत बाट प्रकाशित विभिन्न पत्रिकाले छापेका छन।

चालक अनुमति पत्र विवरणका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरी वितरणको प्रक्रिया थाल्न परिपत्र गरेको यातायात व्यवस्था कार्यालय सुर्खेतका प्रमुख श्रीशम्सेर रानाले जानकारी दिए ।

उनले परिपत्र गरेसंगै आफूहरुले लाइसेन्स वितरणको प्रक्रिया अघि बढाएको समेत बताए । सुर्खेतबाटै लाइसेन्स वितरण गर्नका लागि भौतिक पूर्वाधारहरुको वयवस्थापन गर्न कम्तीमा तीन महिना लाग्ने रानाको भनाई छ ।

लाइसेन्स नविकरणको काम भने केही दिनमा शुरु हुने भएको छ । हालसम्म नयाँ लाइसेन्स लिन, लाइसेन्स नविकरण गर्न बाँकेको नेपालगञ्ज जानु पर्ने बाध्यता थियो ।सुर्खेत बाटै यी सब काम हुने भएपछि कर्णाली प्रदेशका सवारी धनीहरुलाइ सहज हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *