जगतदल जनाला बिक
रेडियो डांडादरा एफ एम पञ्चपुरी सुर्खेत असोज १९ ।
संघिय संरचना भइसकेपछि स्थानीय तहमा उपाध्यक्ष र उपप्रमुखको नेतृत्वमा न्यायिक समिति गठन गरिएको थियो ।सानातिना विवादहरु न्यायिक समितिमा उजुरी परेपछि कतिपय नीति नियम काम,कर्तव्यहरु थाहा नपाउंदा न्यायिक समितिले सोचे अनुसार काम गर्न सकेको थिएन।समुदायको विवाद समुदायमा नै समाधान गर्न सहयोग पुगोस र ऐन कानुनहरुको जानकारीका दिनका लागि चौकुने गाउँपालिकाले गाउँपालिका को१देखि १०वडा सम्मका मेलमिलाप कर्ता ,समुदायमा सक्रिय समाजीक काममा लागेका व्यक्ति ,महिला सञ्जाल र न्यायीक समितिलाइ आधारभुत मेलमिलाप तथा कानुन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।असोज१२ गते देखि सञ्चालन गरिएको तालिम १८ गते बिहिबार सम्पन्न गरिएको छ । तालिममा चौकुनेका १ देखि १० सम्मका महिला सञ्जाल र न्याीक समिति गरि ४० जनाको उपस्थिति रहेको थियो ।गाउँ घर टोल टोलमा कानुन सम्बन्धी जानकारी ,गाउँ घरका साना तिना विवादलाई गाउँघरमै मिलाउन क्षमता अभिवृद्धि गर्ने ,सिङ्गो गाउँपालिका मा भइरहेका विवाद का कामहरु न्यायीक समितिको पहुँचमा नहुने भएकोले समुदायमा नै पहुँच र्पुयाउने उद्देश्यका लागि तालिम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष निर्मला रानाले बताइन ।स्थानीय तहमा न्यायीक समिति गठन भएपछि केही हदसम्म समाधान भएपनि कतिपय सानातिना घटनाहरु न सम्बन्धित निकायमा जान्छन् नत न्यायीक समितिमा आउंछन त्यसैले स्थानिय स्तरमा सहज रुपमै न्यायमा पहुंच पुर्याउन तालिम गरिएको जानकारी दिइन ।तालिम लिएर गएपछि समुदायमा साना तिना विवादलाई समुदायमा नै मिलाउन सक्छु भन्छिन चाकुने १ पोखरेकि देवीसरा थापा। यस्तै आफुले समुदायमा सानातिना विवाद ,झैझगडा मेलमिलाप गरेपनि निती नियम थाहा नपाउंदा काम गर्न गार्हाे भएको थियो अब नीति नियम बारे जानकारी पाइए पछि काम गर्न सहज भएको चौकुने गाउँपालिका ७ का गोबिन्द्र रानाले बताए ।तालिमको सहजीकरण अधिवक्ता राजेन्द्र भारती र बिरेन्द कुमार थापाले गरेका थिए ।चोकुने गाउँपालिकाले७ दिने तालिमका लागि ४लाख २१ हजार रकम बिनियोजित गरेको थियो ।