मुंहार फेर्दै बाबियाचौर

जगतदल जनाला बिक

रेडियो डांडादरा एफ एम
पञ्चपुरी सुर्खेत २० असोज ।
साबिकको बाबियाचौर अहिलेको पञ्चपुरी नगरपालिका दुरीको हिसाबले कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगरबाट करीब ५० किलो मिटरको पश्चिम तर्फ रहेको छ ।यो नगरपालिका अछाम,कैलाली ,बर्दिया यी तीन जिल्ला संग पनि सिमाना जोडिएको छ ।आज भन्दा लगभग ६५ वर्ष अघि बाबियाचौर घना जंगलका रुपमा थियो । जसका कारण स्थानीयहरुले बण्डाल भनेर पनि चिन्दथे ।२०२२सालतिर बाबियाचौरमा अछाम,डोटी,दैलेख बाट कोही कोही मानीसहरु यहाँ आएर फँडानी गरि जग्गा बनाएर बस्ने गर्दथे ।त्यतिबेलाको तत्कालिन सरकाले बस्तीबस्न अनुमति दिएपछि जंगल फँडानी गरि औपचारीक रुपमा बस्ती बसेका थिए ।त्यतिबेला खासै उब्जनी पनि हुंन्थेन कोदो ,मकै लगाएर स्थानीयहरुले जविकोपार्जन गर्दथे ।बिरामी परेपछि झारफुर र जडिबुटी को बिकल्प थिएन।नजिकमा स्वास्थ्य संस्था थिएनन।अहिलेका जस्तो मिनेटका मिनेट यातायातका साधन थिएनन् । यातायातका साधन पनि चल्दैनथे कोहि अलिअलि धन पैसा हुने मानिस बिरेन्द्र नगर सम्म उपचार गर्न जान्थे।१घण्टा हिंडेर पालो कुरेर खोलाको पानी ल्याएर खाएको अहिले पनि सम्झिएका छन पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का ७७ वर्षीय मैपती कामीले।उनले भने अहिलेपो बाबियाचौर छ उ बेला त बाघचौर थियो सांझ हुन लाग्यो कि घरनजिकै आएर बाघ कराउंथ्यो ।कहिले खोरबाट बाख्रा त कहिले गोठबाट गाई गोरु नै लिन्थ्यो ,बाल बच्चा को ज्यान बचाउन पनि घरबाट निस्कदैनथ्यौं । दिउँसोमा मानीसहरु प्राय गोठाला जान्थे ,राती परेपछि रुखहरु फंडानी गर्थे आआफ्नो सांध छुट्याउने गरेको बताउँछ पञ्चपुरी नगरपालिका वडा नम्बर ६ कै ८० वर्षीय दल बहादुर कामी ।उनले अहिले बाबियाचौर यस्तो होला सम्म सोचेका थिएनन् ।त्यतिबेला विद्यालय हरु नहुंदा आफ्ना बालबच्चा समेत पढाउन नपाएको गुनासो गर्छन उनी । साबिकका तातापानी,बाबियाचौर,सालकोट,बिद्यापुर,र छाप्रे गरी५ वटा गाविस बाट अहिलेको पञ्चपुरी नगरपालिका बनेको छ ।
अहिले बाबियाचौर पञ्चपुरी नगरपालिकाको केन्द्र मात्र नभइ पश्चिम क्षेत्रको सदरमुकाम समेत बनेको छ ।क्षेत्रफलका हिसाबले सुर्खेतका ५वटा नगरपालिका मध्ये सबैभन्दा ठुलो छ ।२०६८ को जनगणना अनुसार यस नगरपालिकामा बसोबास गर्ने कुल जनसंख्या ३२२३१ रहेको थियो ।अहिले ह्वात्तै बढेको छ। शिक्षाका हिसावले पनि पहिलेको तुलनामा यो नगरपालिका अगाडि नै छ । स्नातक तहसम्म पढाइ हुने क्याम्पस १वटा ,माध्यमिक विद्यालय १०वटा,गुरुकुल १वटा,प्रा.वि ४०वटा,आधारभुत १३ गरि जम्मा ४५ वटा बिद्यालय छन् ।प्रत्येक वडामा स्वास्थ्य संस्था र एउटा प्राथमिक स्वास्थ्य केन्द्र समेत छ ।स्थानीयकै लगानीमा ३वटा लघुजलबिद्दुत आयोजना बाट ९२ किलोवाट जलविद्युत समेत सञ्चालनमा ल्याइएको छ ।यश नगरपालिकामा सुचनाको पहुँचलाई ध्यानमा राखि सय वाटको सामुदायिक रेडियो समेत सञ्चालन गरिएको छ । राष्ट्रिय बाणिज्य बैङ्क,एनसीसी ,कुमारी लगायत ३० भन्दा बढी सहकारी तथा लघुबित्त रहेका छन ।२४ सै घण्टा प्रत्येक घरघरमा पानी धारा समेत सञ्चालनमा छन ।जति पानी प्रयोग गरिन्छ त्यति बिल तिर्ने सिस्टम छ ।केही समयपछित पानीको बिल समेत मोबाइल बाट बनाइने भएको छ ।इलाका प्रशासन कार्यालय,इलाका प्रहरी कार्यालय,इलाका पशु कार्यालय ,इलाका कृषि कार्यालय ,इलाका वन कार्यालय लगायतका विभिन्न सरकारी कार्यालयहरु समेत यहाँ छन। आरा मिल,पहाडी कागज उद्योग ,ग्रिल उद्योग लगायतका विभिन्न उद्योगहरु समेत सञ्चालनमा आएका छन ।बस्ती बाक्लो रुपमा बस्दै गएपछि निजि स्वास्थ्य संस्थाहरु समेत सञ्चालन गरिएका छन । पश्चिमा बस्ती बाक्लो भए सँगै स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच पुगोस भन्नका लागि जनक पोलीक्लनिक तथा मैरी स्टोपका सञ्चालन गरिएको सञ्चालक राजेन्द्र अधिकारीले बताए । अस्पतालहरुले सुर्खेत ,नेपालगन्जको जस्तो सेवाहरु दिन थाले पछि खर्चिलो र झन्झटिलो प्रक्रिया बाट मुक्त भएका छन् ।शिक्षा ,स्वास्थ्य ,यातायात ,खानेपानी ,विद्युत ,भएपछि यश क्षेत्रमा जग्गाहरु धमाधम पलटिङ भइरहेका छन ।पहिले एक गाई ,भैंसी ,दुई चार सयमा रोपनीका रुपमा बिक्री गर्ने जग्गा एकाएक मिटरको दुई तीन लाख पुग्ला भन्ने समेत नसोचेको पञ्चपुरी ५ का गोबिन्द सोडारीले बताए ।
विद्युत ,पानी र स्थानीय स्रोतर साधनहरु बाबियो ,केरा लगायतका स्रोतहरु उपलब्ध भएकोले नेपाली पहाडी कागजको उद्योग बाबियाचौरमा सञ्चालन गरेको उद्योग सञ्चालक बुद्धिमान बोहोराले बताए ।अहिले बाक्लो रुपमा डोटी,अछाम,कैलाली ,जुम्ला ,हुम्ला ,कालिकोट लगायत ठाउँबाट बस्ती आउने गरेका छन।कतिपय मानीसहरु व्यवसाय गर्नका लागि राजधानी बाट समेत आउने गरेका छन ।भेरी नदिमा पक्की पुल बने संङ्गै कैलाली बाट सिधा सम्पर्क बाबियाचौर हुने भएको छ ।पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले पञ्चपुरीलाई समग्र कर्णाली प्रदेशमा नै चिनाउनको लागि यहाँका पर्यटकीय स्थलहरु जाजुरा दहताल,चमेरो गुफा,गौरीघाट,सातल्ले गुफालाइ संरक्षण र सम्बद्र्धन गरि नगरपालिकाले गुरु योजना बनाइ स्थानीय सरकार लागि पर्ने बताए ।उनले प्रदेश सरकार र संघिय सरकारले समेत पञ्चपुरीलाइ विकास गर्नका लागि सहयोग गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *