शिक्षक र जनप्रतिनिधि बिच अन्तरक्रिया सम्पन्न

रेडियो डांडादरा एफ एम
पञ्चपुरी सुर्खेत २०असोज ।

नेपाल राष्ट्रिय शिक्षक संगठन पञ्चपुरी नगरपालिका ले अाज जनप्रतिनिधि हरु संग शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पञ्चपुरी नगरपालिका भित्र का बिद्यालय काे शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि कार्यक्रम गरिएको हाे । कार्यक्रम मा ८ अाेटा शैक्षिक बुदाहरु माथि छलफल गरिएको हाे । बिषय बस्तु माथि छलफल गर्दै शिक्षकहरूले अाफ्ना बिद्यालय का समस्या, राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षहरू मा छलफल गर्नुभएको हाे । कार्यक्रम मा ने रा अाधारभुत बिद्यालय चनालिका प्रधानाध्यापक डिल्लीराम भण्डारीले नगर शिक्षा ले अाफ्नाे बिद्यालय लाई विभेद गरेको अाराेप लगाउनुभएको छ । नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय छिपछिपे का प्रधानाध्यापक खगेन्द्र सिजापतीले प्राथमिक बिद्यालय मा पनि सुचना काे बिस्तार गर्न साेलार दिन नगरपालिका लाई अाग्रह गर्नुभएको छ । नेपाल शिक्षक संघ पञ्चपुरी का अध्यक्ष प्रेमबहादुर बिष्टले शिक्षकले पनि अाफ्नाे कर्तव्य पूरा गरि बिद्यालयमा बिद्यार्थी नियमित अाउने बाताबरण बनाउन अाबश्यक रहेको समेत सुझाव दिनुभएको छ । बिद्यार्थी बिद्यालय मा टिकाउ बनाउन रमाइलो बाताबरण बनाउन समेत उहाले अाग्रह गर्नुभयो । बिद्यार्थी हरु जाेखिमपुर्ण कक्षाकाेठामा अध्ययन गर्ने भएको ले कक्षा र भवन ब्यवस्थापन मा नगरले चासाे दिन अावश्यक रहेको सहभागी ले बताएका छन । सहभागी शिक्षक काे जिज्ञासा लाई सम्बाेधन गर्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले शिक्षकहरू का सुझावलाई गम्भीरतापूर्वक लिएको र अागामि दिन मा शिक्षा मा सुधार ल्याउन अाबश्यक याेजना बनाउने बताउनुभएको छ । साथै उहाले नगरपालिका बाट गत अार्थिक बर्ष बाट शैक्षिक क्षेत्रमा उत्कृष्ट लाई छात्रवृत्ति, पुरस्कृत र कर्मचारीलाई पाेशाक बितरणकाे काम सुरुवात गरेको समेत जानकारी दिनुभयो । पञ्चपुरी नगरपालिका भित्र ५३ अाेटा सामुदायिक बिद्यालय रहेका छन । शिक्षक हस्त हमालले संचा गरेको कार्यक्रम काे अध्यक्षता शिक्षक महेन्द्र तिवारीले गर्नुभएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *