गाउँपालिकाले नै गर्न थाल्यो दुधालु गोरुको संरक्षण

सिन्धुपाल्चोक । पहिले कहींकतै नदेखेको–नसुनेको दूध दिने गोरु हेर्न आउनेको लर्को अझै घटेको छैन ।

सिन्धुपालचोकको हेलम्बु गाउँपालिका इचोक पुरानागाउँस्थित दूधालु गोरु हेर्न आउनेहरुका लागि सेवा दिन र गोरुको संरक्षणका लागि गाउँपालिका आफैं जुटेको छ ।

पुरानागाउँमै गोरुका लागि घाँसपात, दानापानीको सम्पुर्ण खर्च गाउँपालिकाले ब्यहोरिरहेको हेलम्बु गाउँपालिकाका प्रमुख निमाग्याल्जेन शेर्पाले बताए ।

‘दूधको थप ल्याब टेस्ट गर्न बाहिरी देश पठाउने तयारी गरिरहेका छौं’, शेर्पाले भने,‘दुधालु गोरुले सिन्धुपाल्चोकलाई चिनायो, त्यसको संरक्षणमा हामी लाग्नुपर्छ ।’

हाल गाउँपालिकाले गोरुसँगै शिव मन्दिर निर्माण कार्ययोजना बनाइरहेको छ ।

जेठदेखि गाईकोझै गोरुको अण्डकोष छेउको थुनबाट सेतो थोपा खस्न थालेपछि मालिक सोनाम तामाङले अनुमानको भरमा दुहेका थिए

झरेको झरै गरेपछि सेतो पदार्थ चाख्दा दुधको स्वाद आएपछि सोनाम आफैं चकित परे ।

बिहानबेलुकी गरेर एक माना दूध दिने गोरुको दुध औषधि हुने भएकाले दही र घिउ बनाउन थालिएको छ । -कान्तिपुर दैनिकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *