सामाजिक न्याय सहितको सम्बृद्धिः दलित समुदायको अवको एजेण्डा

रेडियो डांडादरा एफ एम

पञ्चपुरी सुर्खेत २१असोज ।

 

सामाजिक न्याय सहितको सम्बृद्धिका लागी दलित समुदायहरु एक भएर लाग्नुपर्नेमा दलित अगुवाहरुले जोड दिएका छन् ।
आइतबार कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा दलित अधिकारका लागी पैरवी गर्दै आएको आत्म सम्मानका लागी प्रयत्न परियोजना तथा दलित सेवा संघ सुर्खेतको सयुक्त आयोजनामा भएको कार्यक्रममा दलित अगुवाहरुले यस्तो बताएका छन ।
उनिहरुले दलित समुदायलाई न्याय सहितको सम्बृद्धि तर्फ कसरी अग्रसर गराउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गरेका छन ् ।
छलफलमा कर्णाली प्रदेश सभाका ५ जना दलित सांसदहरुले यस प्रदेशका दलित समुदायको उत्थान र सम्बृद्धिका लागी एक भएर प्रदेश सरकारलाई दबाव दिने वाचा गरेका छन ।
उनिहरुले प्रदेश सरकारका हरेक योजना , निति तथा कार्यक्रममा दलित समुदाय लागी योजना बनाउन दबाद दिने अठोट गरेका छन ।
प्रदेश सभाका दलित सांसदहरु सिता नेपाली , रातो कामी , दानसिह परियार , राजु नेपाली , र झोवा विकले सयुक्त रुपमा दलितहरको मुद्धामा एक भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा दलित अधिकारकर्मीहरुले ७ प्रदेश मध्य कुनै पनि प्रदेश सरकारमा दलित समुदायको मन्त्री नहुनु दुखःत भएको बताएका छन  ।
क्षमता र योग्यता भएपनि दलित समुदायलाई निर्णायक तहमा राज्यले नेतृत्व दिन कन्जुस्याई गरेको अगुवाहरुको दुखेसो छ ।
दलित समुदायले राज्यका सबै खाले परिवर्तनमा योगदान दिएपनि अन्तःत निति निर्माण तहमा राजनितिक दलहरुले उपेक्षा गरेको उनिहरुले बताएका छन ।
अधिकार मागेर नपाईने भन्दै त्यसका लागी अब जस्तो सुकै त्याग तपस्या र संर्घष समेत गर्नु तयार हुनुपर्ने समेत बताएका छन  ।
आत्म सम्मानका लागी प्रयत्न परियोजनाका कार्यक्रम संयोजक रुप सुनारले दलित समुदायको प्रतिनिधित्व र सामाजिक न्याय सहितको सम्बृद्धिको बहस मार्फत एक प्रतिवेदन, पुस्तक तयार गरी राज्यका निकायहरुमा पेश गरिने जानकारी दिनुभयो ।
दलित समुदायको प्रतिनिधित्व गर्दै स्थानिय तहमा निर्वा्चित नगर प्रमुख, उप्रमुख , अध्यक्ष , उपाध्यक्ष तथा कार्यपलिका सदस्यहरुले दलित समुदायको सम्बृद्धिका लागी विशेष योजना बनाईने बताएका छन ।
संविधानमा भएको व्यवस्था अनुसार प्रत्यक वडामा १ दलित महिला सदस्य भएपनि दलित सदस्यले गरेको निर्णय कार्यन्वयन नहुने गरेको उनिहरुले बताएका छन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *