खमारी खोला लघुजलविद्दुत आयोजनाको कार्य समिति सर्वसम्मत चयन

(महसुल नतिरेका उपभोक्ताहरुको २४ घण्टा भित्र लाइन काटिने=अध्यक्ष ढुङ्गाना)

रेडियो डाँडादरा एफ एम

पञ्चपुरी,सुर्खेत २४ असोज ।

पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा रहेको खमारी खोला लघुजलविद्दुत आयोजनाको सञ्चालन कार्य समिति बुधबार सर्वसम्मत चयन भएको छ।आयोजना कार्य समितिको पद ग्रहण गर्दै नवनियुक्त अध्यक्ष जीवन ढुङ्गानाले अझै पनि बिद्युतको शेयर,महसुल लगायतका आर्थीक हिसाब किताब नबुझाएका उपभोक्ताहरुलाइ २४ घण्टाको समय दिने बताए ।यस भन्दा अगाडी को जस्तो आलटाल गर्ने, महसुल ,किस्ता रकम समयमा नतिरेमा जोसुकै भएपनि नछोड्ने बताए । तोकिएको समयभित्र पनि नबुझाएमा बिद्युतको लाइन काट्ने बताए ।उनले प्रत्येक हप्तामा खर्च आम्दनीको हिसाब गरि बैङ्क खातामा जम्मा गरिने र कर्मचारीहरुले पनि आफ्नो समय सिमा भित्र काम नगरेमा कार्वाहीको दायरामा ल्याउने चेतावनी दिए । ढुङ्गानको अध्यक्षतामा ११सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसअन्तरर्गत अध्यक्ष जिवन ढुङ्गाना,उपाध्यक्ष छविलाल खड्का ,सचिव गंगाराम बिसी,कोषाध्यक्ष चन्द्र बहादुर कठायत,सदस्यहरु कर्ण बहादुर रेगामी,भक्तीराम कँडेल,शेर बहादुर सार्की,शोभा तारामी,शिवराज घिमिरे ,उदय कामी,बल बहादुर सिजापती रहेका छन ।यस्तै लेखासमिति संयोजक कृष्ण वि सि,सदस्य रण बहादुर आचार्य,रमेश कुमार कँडेल चयन भएका छन ।असोज ७गते साधारण सभा सम्पन्न भएपनि आपसी समझदारी नभएपछि स्थगित गरिएको थियो ।बुधबार खमारीखोला लघुजलविद्दुत आयोजना निर्वाचन समितिका संयोजक कृपाराम थापाले सर्वसम्मत चयन भएका पदाधिकारीको नामावली सार्वजनिक गर्दै सपथ ग्रहण गराएका थिए ।
२०६८ सालबाट सुरुवात भएको ५३ किलो वाट लघुजलविद्युत २०७० सालमा सञ्चालनमा ल्याइएको थियो ।बाबियाचौरमा विद्युत पुर्ती गर्नका लागि फेरी१५ किलोवाट आयोजना गरिएको थियो ।हाल ११ सय घरधुरीले प्रत्येक्ष,अप्रत्येक्ष रुपमा उपभोग गरिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *