विकासमा प्रतिवद्ध छु = सांसद रावत

रेडियो डाँडादरा एफ एम

पञ्चपुरी २६ असोज ।

सुर्खेत– निर्वाचन क्षेत्र नम्बर–२ प्रतिनिधी सभा सदस्य नवराज रावतले जिल्लाको समग्र विकासका लागि प्रतिवद्ध रहेको बताएका छन् । बडादशै तथा दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा सांसद रावतले जिल्लाको विकासका लागि संघीय संसदमार्फत सरकारलाई घचघच्याउँदै आएको बताए ।

‘नागरिकका समस्या समाधानका लागि संदनमार्फत सरकारलाई दवाव दिइरहेको छु’ चुनावताका गरेको प्रतिवद्धता सम्झिदै उनले भने,‘प्रदेश राजधानीका रुपमा रहेको सुर्खेतमा सडक, विधुत, सञ्चारलगायतका क्षेत्रको विकासका लागि सरकारसँग समन्वयन गरेको छु ।’
उनले चालु आर्थिक वर्षमा सरकारले स्थानीय तहमा दिने ससर्त अनुदान कम भएपनि सहि ढंगले खर्च गर्न आग्रह गरे । आगामी आर्थिक वर्षमा सर्सत अनुदानमा बृद्धि हुने भन्दै उनले आगामी पाँच वर्षमा जनताले अभाव झेल्नु नपर्ने बताए ।
जिल्लाका ठूला विकास आयोजना बेतान–कर्णाली जलविधुत आयोजना, चौकुने सिमेन्ट उद्योग, पश्चिम सुर्खेतको ग्रामिण सडक, काँक्रेविहार, बुलबुले, देउतीबज्यै, वीरेन्द्रनगरको चक्रपथ, भेरी लिफ्टीङ्गा सिचाई आयोजनालगायतका जिल्लाका गौरवशाली आयोजनाले गति लिने बताए । जिल्लाबासीका समग्र समस्याबारे सदनमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए ।
१३२ केभी विद्युत प्रशारण लाईन, पश्चिममा वन विज्ञान क्याम्पस सञ्चालनलगायत जिल्लाका सुकुम्वासी समस्या समाधानका लागि केन्द्र सरकारलाई दवाव दिदँै आएको बताए । उनले बाढीपीडित समस्या र सुकुम्वासी समस्या आगामी एक वर्ष भित्रै अन्त्य हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *