गरीबलाइ ऋणको भार = सहकारीको ऋणले बनायो विस्थापित

जगतदल जनाला बिक
पञ्चपुरी सुर्खेत २६असोज ।
पछिल्लो समय गरीबीको रेखामुनि रहेका व्यक्तिहरुको आयस्तर बढाउन भन्दै समुदायमा अनगिन्ती सहकारी तथा लघुवित्तहरु विभिन्न आयआर्जनका क्षेत्रमा काम गरी रहेका छन ।पश्चिम क्षेत्रको सदरमुकामका रुपमा रहेको बाबियाचौरमा पनि दुई दर्जन भन्दा बढी स्थानीय , जिल्ला भित्र र बाहिर बाट शाखा बिस्तार गरि आएका सहकारी तथा लघुबित्तले काम गरिरहेका छन् ।कतिपय मानीसहरुले विभिन्न समुह बाट ल्याइएको ऋणलाई उत्पादन ,आयमुलक व्यापार ,व्यवसाय गरेर प्रगति पनि गरेका छन भने कतिपयले विभिन्न समूह र संस्था बाट व्यापार ,व्यवसाय गर्ने भनी ऋण ल्याए पनि घरायसी अन्य क्षेत्रमा खर्च गरेपछि गाउँँ छोडेर भाग्नु समेत परेको छ ।पञ्चपुरी ६कि अमरा बिक ऋणको डरलेले कुनै पनि समुहमा बसेकी छैनन् ।उनले भनिन् समुहमा बस्नु भनी धेरै सहकारी तथा लघुबित्तका मान्छेहरु आउनुहुन्छ बस्ने मन त लाग्छ तर बसे पछि आफुले ऋण लिने मन लागिहाल्छ त्यो पैसा दाल,चामल,लत्ताकपडा ,उपचारमा खर्च हुन्छ पछि भनेको बेला तिर्न सकिँदैन त्यो अनुसारको आयर्जन हुने केही छैन ।आफुले ऋण नलिए पनि अरुको मोहचारमा जमानत बस्नुपर्ने हुन्छ उसले बदमासी गरे आफ्नो घर जग्गा बेचेर पनि तिर्नुपर्छ त्यो भन्दा समुहमै नबस्यो आनन्द ।
समुदायका कतिपय मानीसहरुले सहकारी तथा लघुबित्त बाट ऋण लिइएर व्यवसाय गरि राम्रो फाइदा पनि गरेका छन् । राम्रो गर्ने भित्रका पञ्चपुरी ५ का पुर्ण प्रसाद ढकाल पनि एक हुन ।उनी दर्जन भन्दा बढी सहकारी तथा लघुबित्तमा बसेका छन ।उनको स्टेसनरी र इलेक्ट्रोनिक पसल छ ।सहकारी बाट ऋण ल्याएपनि पसलमा सामान थप्छन् ।सामान बेचेर समयमा नै ऋणको किस्ता तिर्छु उनले भने ।अझसम्म म बसेको कुनै पनि समूह र सँस्थामा ठिक तिर्ने समयमा नै तिरेको छुं ।अहिले सम्म फाइदा नै गरेको बताए ।ऋण लिने व्यक्तिले त पैसा लिन्छ खर्च गर्छ ।तिर्न नसकेर गाउँ नै छोडेर जान्छन अनि जमानत बसेका व्यक्तिले तिर्नुपर्ने बाध्यता हुन्छ ।यस्तै समस्यामा परेका छन पञ्चपुरी ६ का अ‍ैभान बिक ।एक वर्ष अगाडि उनी आफ्नै गाउँको छिमेकीको जमानत बसेका थिए ।धेरै सहकारी बाट बढी ऋण ल्याएर तिर्न नसक्ने भएपछि ती व्यक्ति गाउँ छोडेर भारत तिर लागे ।गाउँमा न जग्गा छ नत अरु कुनै सम्पती, एउटा घर रहेछ त्यो पनि अन्य साहुले अगाडि नै लगि सकेका रहेछन ।अब सहकारीले जमानत बसेका अ‍ैभानबाट २५हजार असुल गर्ने भयो ।उनीसँग पैसा थिएन घरमा भएका दुईवटा बाख्रा र अन्नपात बेचेर तिरेको गुनासो गरे ।त्यति बेला देखि उनी सहकारी समूह संघ सँस्थाका व्यक्ति देखे पछि झस्किन्छन ।उनले भने बरु भोकै मरौंला तर कुनै आर्थीक कारोबार हुने समुहमा बस्दैन ।यस्ता समस्यामा पर्ने उनी मात्र एक्लो होइनन् थुप्रै मानीसहरुले अरुको जमानत बसी पछि आफैंले तिरेका उदाहरणहरु धेरै छन ।
(प्राय जसो महिलाहरु नै समुहमा बढी बस्छन् उनीहरुका श्रीमान् बाहिर कमाउन गएका हुन्छन व्यापार व्यवसाय शिर्षकमा रकम माग गरेपनि घर बनाउन खानपिन,लत्ताकपडा लगायतका अन्य घरायसी कुरामा खर्च गर्दा बढी यो समस्या देखिएको हो )

सहकारी तथा लघुबित्त कार्यक्रमले आयआर्जन र व्यवसायमा समुहका व्यक्तिहरुलाइ लगानी गर्ने भएपनि ऋण माग गर्दा आयआर्जन र पशुपालन भनेर लिने गरेको बौद्द ग्रामीण बहुउद्देश्यीय सहकारी लिमिटेड बाबियाचौर शाखाका प्रमुख कृष्ण बहादुर पुनले बताए ।उनले भने समुहमा को मान्छे कस्तो हो हामीलाई थाहा हुंदैन समुहका सबै सदस्यहरु ,घरका सदस्यलाइ सोध्दा सबैले वास्तविक कुरा लुकाएर हो मा हो भनी जमानत बसी ऋण दिन जबरजस्ती गर्छन ।पैसा लिएर कहिं अन्त ऋण बुझाउने होकी ,घर बनाउने होकि अनि तिर्न नसक्ने भएपछि भाग्ने गरेको बताए ।सहकारी तथा लघुविक्त संस्थाहरुले ऋण लगानी गर्दा एक अर्का संस्थामा समन्वय गर्नु पर्ने भएपनि प्रतिस्पर्धा गरि सबै समुहहरुले ऋण दिंदा समस्यामा रहेको बताए ।उनले आफु यस शाखामा आइसकेपछि प्रत्येक वर्षमा एक दुई जना यसरी ऋण लिइ फरार भएको बताए ।समूह ,परिवारका सदस्य,र अन्य सहकारीहरुले समन्वय गरि ऋण लगानी गरे यस्ता घटनाहरुमा कमी आउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *