५ बर्ष भित्र सबै वडा कार्यालयमा सुबिधा सम्पन्न भवन बनाउछु, नगर प्रमुख थापा ।

रेडियो डाँडादरा एफ एम
पञ्चपुरी सुर्खेत २७ असोज ।
 पञ्चपुरी नगरपालिका वडा २ काे नव निर्मित भवनकाे शनिबार एक कार्यक्रम का बिच उद्घाटन गरिएको छ । करिब ३५ लाख काे लगानीमा ४ काेठे भवन निर्माण भएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय अन्तरगत शान्ति का लागि बिकास कार्यक्रम बाट २० लाख र नगरपालिका बाट १५ लाख काे सहयोग मा भवन निर्माण भएको हाे । भवन निर्माण पछि नियमित वडा कार्यालयका तालिम गाेष्ठि छलफल जस्ता कार्यक्रम संचालन गर्न र समाग्रि ब्यवस्थापन गर्न सजिलाे हुने पञ्चपुरी नगरपालिका वडा नं २ का अध्यक्ष जगत बिसि बताउनुभएकाे छ । समुदायको भावना अनुसार अाफुले सेवा दिदै अाएकाे र अागामि दिनमा थप सहजरूपमा सेवा दिन जनप्रतिनिधि र कर्मचारी लाई समेत उहाले जाेड दिनुभएको छ । शान्ति तथा पुनर्निर्माण मन्त्रालय ले बिनियाेजन गरेकाे रकम बाट कार्यालय भवनकाे अधुरो भएको ले पञ्चपुरी नगरपालिका ले यसकाे काम पुर्ण गरेकाे हाे । पहिलो चरणमा वडा नं २, ७ र १० नम्बर वडामा भवन निर्माण काे प्रक्रिया अगाडि बढाईएकाे हाे । भवन उद्घाटन गर्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले प्रत्येक बर्ष समस्याको स्तरिकरण गर्दै सबै वडा कार्यालयहरुकाे अाफ्नै भवन निर्माण गरिने बताउनुभएको छ । साथै उहाले समुदायको बिकास गर्न दलिय स्वार्थ भन्दा माथि उठेर जनप्रतिनिधि ले काम गर्नुपर्नेमा जाेड दिनुभएको छ । अहिले नगरपालिका काे १,३,४,६,७,९,१० र ११ नम्बर वडा कार्यालयले भाडा तिरेर सेवा दिने गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *