रेडियो उद्घघोण तथा आधारभुत पत्रकारिता तालिम सुरु

जगतदल जनाला बिक
पञ्चपुरी सुर्खेत १०कार्तिक ।

रेडियो डाँडादरा एफएम एक सय चार मेगाहर्ज पञ्चपुरीले शनिबार(आज) देखि रेडियो उद्घघोषण तथा आधारभुत पत्रकारिता सम्बन्धि ५दिने तालिम सञ्चालन गरेको छ। तालिम कार्तिक १०गतेदेखि १४गते सम्म चल्ने भएको छ ।तालिमको उद्घघाटन सत्रमा शुभकामना दिंदै पञ्चपुरी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष खड्क थापाले तालिममा सिकेका कुराहरुलाई जुनसुकै क्षेत्रबाट पनि सकरात्मक रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।पञ्चपुरी नगरपालिकाका प्रमुख एवम् डाँडादरा सञ्चार सहकारी सँस्थाका अध्यक्ष उपेन्द्र थापाले पश्चिम क्षेत्रमा भएका विभिन्न पर्यटकीय ,शिक्षा ,स्वास्थ्य ,विकास निर्माणका समस्याहरुलाइ सम्बन्धित निकाय सम्म पुर्याउन डाँडादरा एफएमले महत्त्वपूर्ण भुमिका खेलेको बताए ।उनले भने पश्चिम क्षेत्रमा सञ्चारकर्मीहरु अझै शसक्त हुन जरुरी छ ,पछिल्लो समय मिडियाको सक्रियता र निगरानीका कारण थुप्रै विकास भएको दावी गरे।
कार्यक्रम को स्वागत मन्तब्य राख्दै रेडियोका स्टेसन म्यानेजर अमर कार्कीले समुदायका हरेक नागरिक हरुको आवाज समेतलाई समेट्न तालिम ले सहयोग गर्ने बताएका छन । साथै उनले हरेक नागरिक हरुको सुचना पाउने अधिकारलई पूरा गर्न रेडियोले अझै थप नयाँ कार्यक्रम ल्याउने मा बिश्वस्त गराएका थिए।
तालिममा स्थानीय जनप्रतिनिधि ,युवा लगायत २५ जनाको सहभागीता रहेको छ ।तालिमको सहजिकरण जागरण एफ एम सुर्खेतका स्टेसन म्यानेजर दिपेन्द्र वलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *