लोप हुँदै परम्परागत तोरी पेल्ने कोल

जगतदल जनाला बिक
पञ्चपुरी,सुर्खेत १३कार्तिक ।

प्रविधिको विकास क्रमसँगै सुर्खेतमा परम्परागत प्रविधिमा आधारित कोल लोप हुँदै गएका छन् ।
जिल्लाका ग्रामीण क्षेत्रमा पानी मिलको पहुँच बढ्दै जानू तथा विद्युत् मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएका हुन् ।

पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै जाँदा लोप हुन थालेको चौकुने गाउँपालिका २ का स्थानीय मोती सिंह बोहोरा बताउँछन् ।

तोरी लगायत तेलहन बालीको खेती गर्ने प्रचलनमा कमी , जंगल मा पाइने तेलजन्य बोट को लोप तथा बजारमा तेल प्याकिङ गरेर आउन थालेपछि कोल हराउँदै गएको छ । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका खाने तेल गाउँमा सहजै उपलब्ध हुनु र तेल पेल्न पनि मिलकै प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन बन्दै गएको पञ्चपुरी नगरपालिका ९ का स्थानीय तथा मध्य पश्चिमाञ्चल विश्वविद्यालय शिक्षा शास्त्र संकाय का उप प्रध्यापक तारा पौडेललले बताए ।

जिल्ला लगायत पश्चिममा सयौँको सख्यामा रहेका यस्ता कोल अहिले लोप भइसकेका छन् । गाउँघरका काठबाट हातले बनाइएका पुराना वस्तु विभिन्न मेशिन हराउँदै गइरहेका छन् । परम्परागत प्रविधिमा आधारित कोलमा चिउरी, उखु, अमिलो, र तोरी पेल्ने गरिन्छ । कोलमा तेल पेल्नका लागी बढी जनशक्ति र शारीरिक श्रम बढी लाग्ने भएकाले बजारमा सजिलै तेल किन्न पाइने भएपछि कोलसँगै तेलहन बालीको खेतीसमेत लगाउन छोडेको पञ्चपुरी नगरपालिका ६ कि नारु कामीको भनाइ छ।आफुले पहिला तोरी पेल्न कोलमा दिनभर समय लाग्थ्यो ,उनले भनिन् अलिअलि तोरी भएपनि अहिलेका आधुनिक मिलमा दस पन्ध्र मिनेटमै छिटो छरितो काम हुने बताइन ।
करीब एक दशक अगाडि पश्चिम सुर्खेत लगायत जिल्लाका विभिन्न ठाउँमा सञ्चालन भइरहेका कोलको अहिले अस्तित्वसमेत देखिन मुस्किल भएको छ । आधुनिक मेशिनको बढ्दो प्रयोग र विकाससँगै सामग्रीको प्रयोग संरक्षणमा प्रयोगकर्ताले विस्तारै कम प्रयोग गर्दै जाँदा अहिले ग्रामीण पहिचान नै मेटिएको छ ।

बजारको प्याकिङ्ग तेल र बारीमैं उत्पादन गरिने तोरीको तेल को फाइदाका बारेमा जनचेतना जगाइ च्युरी लगायत तेलजन्य बोटहरुको संरक्षण तथा रोपण गरिअर्गा्निक बस्तु को महत्व बारे जनचेतना फैलाउन सके कोल प्रयोगमा ल्याउन सकिने स्थानीय जानकारहरुले बताएका छन

Leave a Reply

Your email address will not be published. Required fields are marked *