नगरपालिकामा शिक्षकहरुकाे धर्ना

जगतदल जनाला बिक

पञ्चपुरी सुर्खेत कार्तिक १६ ।

नेपाल शिक्षक महासङ्घको देशभरिका ७५३ वटै स्थानिय तहमा शिक्षक र कर्मचारी हरुका पेसागत मागहरुलाइ पूरा गराउन दबाब सिर्जना भइरहेका बेला पञ्चपुरी नगरपालिकामा पनि शिक्षकहरुले शुक्रबार३ घण्टा धर्ना दिएका छन् ।शिक्षा क्षेत्रमा कुल बजेटकाे २० प्रतिशत रकम छुट्याउनु पर्ने ,संबिधानकाे धारा ३१ मा शिक्षा सम्बन्धि हक अनुसारकाे व्यवस्थालाई कार्यान्वयन गर्नु पर्ने लगाउतका २६ बुँदे माग सहित ज्ञापनपत्र नगरपालिकालाइ बुझाएका छन् ।सँघिय सँरचना अनुसार शिक्षालाई स्थानिय तहमा जिम्मेवारी दिएपछि शिक्षा समस्या भएकाे हाे। स्थानीय तहले मात्र शिक्षालाई पुरै समेट्न नसकेको नेपाल शिक्षक महाँसंघ पञ्चपुरी नगरपालिका अध्यक्ष देव प्रकाश सापकोटाले बताए ।उनले राज्यले स्थानीय तहलाई जिम्मेवारी दिएर समस्या थुपार्ने काम गरी अाफु पन्छिन खाेजेकाे अाराेप लगाए ।राज्यले शिक्षकहरु माथि प्रत्येक्ष रुपमा विभेद गरेकाे गुनासो गरे ।थाेरै तलबमा अस्थायी रुपमा नै अाठ दस वर्ष काम गरेका छाैं कहिले सम्म यसरी नै काम गर्ने सरकारकाे ध्यानाकर्षणका लागि पनि याे कार्यक्रम जायज भएकाे पञ्चपुरी २मा बालबिकास पढाउँदै अाएकि खगीसरा सापकोटाले बताइन् ।स्थानीय तहले पनि शिक्षा सम्बन्धि एेन कानुनबनाउँदा नसमेटिएकाे र अन्य व्यवस्था पनि केन्द्र सरकारबाटै हुनुपर्नेमा धर्नामा सहभागी शिक्षकहरुले जाेड दिएका थिए । शिक्षकहरुकाे ज्ञापनपत्र बुझ्दै पञ्चपुरी नगरपालिका कि उपप्रमुख मुक्ति रेग्मी पुरीले नगरपालिकाले अबकाे केही दिनमै कार्यपालिकाकाे बैठक बसी शिक्षकहरुकाे सल्लाह ,सुझाव बाट नगरकाे क्षेत्रअधिकार भित्रका एेन कानुनहरुलाइ थपघट गर्ने प्रतिवद्दता व्यक्त गरिन् ।अन्य निति नियमहरु सम्बन्धित निकायसम्म पुर्याउने बताइन् ।धर्ना कार्यक्रममा सबै तहका स्थायी ,राहत,अस्थायी ,बालविकास शिक्षक(सका),कर्मचारी लगायत ५२ विद्यालयका ६०जना शिक्षकहरुकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *