बावियाचौर च्यालेन्ज कपको उपाधी आयोजक स्पोर्ट क्लवको पोल्टामा

जगतदल जनाला बिक
पञ्चपुरी,सुर्खेत २०कार्तिक ।

पश्चिम सुर्खेतको पञ्चपुरीमा बावियाचौर खुला फुटबल च्यालेन्ज कप प्रतियोगितामा आयोजक बाबियाचौर स्पोर्ट क्लव (बि.ए.सी)ले उपाधी हात पारेको छ ।मँङ्गलबार बाबियाचौर रङ्गशालामा भएको फाइनल खेलमा आयोजक बाबियाचौर स्पोर्ट क्लव र सन्धीखोर्के युवा क्लव(स्काइ ) बिच सुरुवाती चरणमा बि.ए.सी.का बिकास थापाले स्काई लाई २गोल हानेका थिए । खेलको हाप पछि स्काईले बि ए सि लाई २का बिरुद्ध तीन गोल हानेको थियो ।बिए सि ले फेरि १गोल थपे पछि खेलको समय सकिएको थियो । समय अवधी सकिएपछि खेल पेनाल्टीमा गएको थियो।पेनाल्टीमा स्काइ क्लव सुर्खेतलाइ २ का बिरुद्ध ३ गोल हानी बि.ए.सीले जित हात पारेको हो ।स्काइ क्लवमा जावला खेल क्लव काठमान्डौंमा अनुबन्धीत बिदेशी खेलाडी म्याक्स वइल फोफोनाले पनि खेलेका थिए । ४ खेल जित्दै स्काइ फाइनलमा पुगेको थियो भने ५ खेल पार गर्दै बि.ए.सी फइनलमा पुगेको थियो ।
बावियाचौर स्पोर्टस् क्लबले तिहारको अवसर पारेर उक्त प्रतियोगिताको आयोजना गरेको थियो।
प्रतियोगिता कार्तिक १४देखि २० गतेसम्म ७दिन चलेको थियो । जिल्लाको पश्चिमी क्षेत्रमा लुकेर रहेका फुटबल खेलाडीहरूलाई अगाडि बढाउन र नयाँ खेलाडी उत्पादन गरी राष्ट्रियस्तरसम्म पु¥याउनका लागि क्लबले प्रत्येक वर्ष यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको बि ए सी का अध्यक्ष क्षितिज थापाले बताए । प्रतियोगितामा प्रथम हुने बि.ए.सी ले ८० हजार आठ सय ८०, द्वितीय हुने स्काइले २६ हजार र मेडल प्रमाण पत्र दिइएको छ ।
पञ्चपुरी नगरपालिका, विभिन्न संघ–संस्था र व्यक्तिहरूको आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा सुर्खेत जिल्लाका विभिन्न ठाउँबाट १८ टिमले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *