तीन महिना पछि खुल्यो तालाबन्दी

जगतदल जनाला बिक
पञ्चपुरी,सुर्खेत २९ कार्तिक ।

सुर्खेतको पञ्चपुरी नगरपालिका ९ मा रहेको विद्यापुर जनता बहुमुखी क्याम्पसमा तीन महिना पछि बिहिबार तालाबन्दी खुलेको छ ।
मध्यपश्चिमाञ्ल विश्वविद्यालले विद्यापुर जनता बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पसको मान्यता दिने भएपछि क्याम्पस व्यवस्थापन समितिले गरेको निर्णयका विरुद्ध गत साउन९गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अनेरा स्ववियु क्रान्तिकारी विद्यापुरले विज्ञप्ति जारी गरेका थिए ।त्यस्तै विभिन्न विद्यार्थी संगठनहरुले प्रेस विज्ञप्तिमार्फत साउन२७गते ३दिने अल्टिमेटम दिई ध्यानाकर्षण गराएका थिए। आफुहरुको अल्टिमेटम लाई बेवास्ता गरि आफुहरुका मागहरु प्रति गैरजिम्मेवारी भए पछि साउन ३१ गते प्रेस विज्ञप्ति जारी गर्दै अखिल क्रान्तिकारी, अनेरास्ववियु, अखिल क्रान्तिकारी (विप्लप निकट), अनेरा स्ववियु छैठौं, नेक्राविसंघ र अनेरास्वावियु पाँचौंले आंगिक क्याम्पस समायोजनको पूर्वसन्ध्यामा विकसित घटनाक्रमले गम्भीर ध्यानाकर्षण गराउँदै ताला बन्दि गरेका थिए।
साउन ३१ गते देखि क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कोठा एउटै भएकोले प्रशाशन भित्र बिद्यार्थीहरुका प्रमाणपत्र ,आवश्यक कागजात वितरण गर्न असहज भइ प्रत्येक्ष विद्यार्थीलाई नै असर पुग्ने भएकाले क्याम्पस प्रमुख,प्रशासन र बिद्यार्थी सङ्गठनहरुको उपस्थितिमा बिहबिारआन्दोलनलाई तत्काल स्थगित गरि ताला खोलिएको बिद्यार्थी सङ्घर्ष समितिका संयोजक जगतराज ढकालले बताए ।उनले भने केहि मागहरु विश्व द्यिालयको छानबिन समितिले गरिसकेको छ,विद्यार्थीकै हक ,हितका लागि भएपनि हामीले केहि समयका लागि स्थगित गरेका छौं ।
क्याम्पस सञ्चालन समितिका अध्यक्ष र क्याम्पस प्रमुखको मिलोमतोमा प्राध्यापक र कर्मचारीको समायोजनका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय समक्ष पेश गरिएको असार ३२ गते र अनुगमनकर्ताको मिलोमतोमा साउन ६ गतेको अवैधानिक, अनैतिक निर्णय र कृत्य नामावली प्रति सङ्गठनहरुले आपत्ती जनाएका थिए।
यी र यस्ता कार्यहरु नगर्न, नगराउन भनी संयुक्त विद्यार्थी संगठनले बारम्बार ध्यानाकर्षण गराउँदा गराउँदै पनि कुनै वास्ता नगरी राजनैतिक पूर्वाग्रही ढंगले क्याम्पस नियमावलीको ठाडो उलंघन गरी क्याम्पस समायोजन प्रक्रिया र कर्मचारी प्राध्यापकको नियुक्ति प्रक्रियाका सन्दर्भमा गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको भन्दै बिद्यार्थी सङ्गठनहरुले क्याम्पस प्रशासन र क्याम्पस प्रमुखको कार्यालय मा तालाबन्दी गरेका थिए ।  विद्यार्थी संगठनहरुले प्रेस विज्ञप्तिमार्फत क्याम्पसको नियमावली बमोजिम उमेरको हदबन्दी नाघेका र योग्यता नपुगेका प्राध्यापकहरुको नियुक्ति तत्काल खारेज गर्नुका साथै  मध्यपश्चिम विश्वविद्यालयबाट पठाइएको अनुगमन समितिको मिलोमतोमा पटक पटक गरिएको प्राध्यापक र कर्मचारीको नियुक्ति तत्काल खारेज गर्न समेत माग गरेको थियो। यदी यदी क्याम्पस प्रशासनले फेरी पनि बिधी मिची कुनै निर्णय वा काम कारवाही अगाडी बढाएको पाइएमा संयुक्त विद्यार्थी संगठनहरु फेरी आन्दोलनमा उत्रिने अखिल नेपाल राष्यि स्वतन्त्र विद्यार्थी युनियन विद्यापुरका अध्यक्ष तपेन्द्र विसिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *