१७वर्षे युवकले बनाए कार = मन्त्रीले गरे चढेर उद्घाटन

जगतदल जनाला बिक
७मंसिर पञ्चपुरी सुर्खेत ।
सुर्खेतको पञ्चपुरी नगरपालिका ९विद्यापुरका १७वर्षीय युवक दर्पण खरालले आफ्नै मिहिनेतले कार बनाएका छन् । कार्तिक १गते बाट बनाउन सुरु गरेका उनले उक्त कारको मंसिर ७ गते शुक्रबार औपचारी कार्यक्रमका बीच कर्णाली प्रदेशका प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिंह बुढाले उक्त कारमा चढेर उद्घाटन गरेका छन् ।सानै उमेर देखि टेक्निकल कुरामा रुचि राख्ने खरालले सात कक्षा पढ्दा जेसिवि बनाएका थिए ।उनी अहिले कक्षा दशमा अध्ययन गर्छन ।टेक्निकल कुरा र प्रविधि सँङ्ग रुचि राख्ने खरालले दशैं तिहारको एक महिनाको बिदालाई सदुपयोग गरि स्थानिय स्तरमा ग्यारेज बाट फालिएका सामान र मानिकेज सुर्खेत बाट पनि खरिद सामान ल्याइ बनाएको उनले बताए । फलामका टुक्रा र अन्य कुरा स्थानिय स्तरका सामाग्री प्रयोग भए पनि ३लाख जति खर्च भएको बताए ।प्राय अरुले बनाएको देखेर बनाउन थाले पनि बढी ज्ञान भने सामाजिक सञ्जाल र युट्युव बाट लिएको उनी बताउँछन् ।उनले बनाएको कारको अहिलेको क्षमता भनेको दुई सिटे छ ।त्यसको पछाडि पट्टी जोडे पछि ५सिट सम्म राख्न सकिने बताए ।विद्यालयका शिक्षक,साथीहरू र अभिभावक को सहयोग हौषलाले बनाउन उत्प्रेरित भएँ उनले भने ।एस ईई सकिए लगत्तै आकाशमा उड्न सक्ने पारा मोटर बनाउने तयारीमा छुँ।मैंले यति ठुलो प्रयास गर्दा पनि कुनै निकाय र स्थानिय सरकार बाट समेत सहयोग नभएको गुनासो उनको छ।प्राबिधिक शिक्षाको ज्ञानको सहयोग गर्न सके अन्य चिजहरु पनि बनाउन सकिने बताए।एसईई पास भैसकेपछि यस्तै बिषयहरु अध्यययन गर्ने उनको लक्ष्य छ।
कर्णाली प्रदेश सभाका सांसद बिन्दमान बिष्टले दर्पण जस्ता क्षमतावान प्रतिभालाई लोप हुन नदिइ उजागर गर्नुपर्नेमा जोड दिए ।प्राय कैयौं यस्ता क्षमताहरु देखिए पनि सरकारले संरक्षण गर्न नसक्दा बिदेश पलायन भएका छन् उनले भने।प्रदेशमैं यो पहिलो सफल परीक्षण भएकाले यस्ता क्षमतालाई सहयोग गर्न आग्रह गरे । उद्योगलाई पहिलो प्राथमिकता दिई दर्पणले निर्माण गरेको कारलाइ लागेको लागत दिई प्रदेश संग्रहालयमा राख्ने मन्त्री बुढाले बताए ।उनले यस्ता प्रतिभाका लागि प्रदेश सरकारले बजेट बिनियोजन गरि सरकारले संरक्षण गर्ने प्रतिवद्दता समेत व्यक्त गरे ।कार्यक्रममा विभिन्न सँघ सँस्था र ब्यक्तिहरुले नगदी सहयोग गरेका थिए। यस्तै उनलाई कक्षा १२ सम्म इगरब्रिज सुर्खेतले ब्यवस्था गर्ने उक्त बिद्यालयका अध्यक्ष हेमप्रकाश भुषालले बताए । दर्पणले दक्ष प्राविधिक ज्ञान दिन सके उनले चमत्कारी रुपमा कला देखाउन सक्ने स्थानीय बासीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *