डिभिजन वन सुर्खेत भेरीे कार्यालयको उद्घाटन

रेडियो डांडादरा एफ एम
पञ्चपुरी ७मंसिर ।
डिभिजन वन कार्यालय सुर्खेत भेरीको बाबियाचौरमा शुक्रबार कर्णाली प्रदेशका उद्योग वन तथा पर्यटन मन्त्री नन्द सिंह बुढाले उद्घाटन गरेका छन् ।चौकुने गाउँपालिका,पञ्चपुरी नगरपालिका र बराहताल क्षेत्रलाई लक्षित गरी कार्यालय उद्घाटन गरिएको हो।सुर्खेत जिल्लाका दुइटा डिभिजन वन कार्यालय अन्तरगत यो दोस्रो हो।वन सम्बन्धि विभिन्न कामहरु गर्न यस भन्दा अगाडि पश्चिम क्षेत्रका नागरिकहरु बिरेन्द्र नगर जानुपर्ने बाध्यता थियो भने अब बाबियाचौर कार्यालय बाट सुबिधा पाउने भएका छन् । थोरै कर्मचारीले पश्चिम पुरै क्षेत्रमा काम गर्न नसकिने हुँदा कर्मचारीको व्यवस्थापन र परिपुर्ति गर्न पञ्चपुरी नगरपालिका नगर प्रमुख उपेन्द्र थापाले प्रदेश सरकार लाई आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *