वीरेन्द्रनगर सहकारी संस्थाकाे बार्षिक साधारणसभा सम्पन्न

रेडियो डांडादरा एफ एफ

पञ्चपुरी ,सुर्खेत ८मंसिर ।

वीरेन्द्रनगर वचत तथा ऋण सहकारी संस्था काे १७ अाै बार्षिक साधारणसभा शनिबार बाबियाचाैरमा सम्पन्न भएको छ । १ हजार ३ सय ७७ जना शेयर सदस्य रहेको सहकारीले १कराेड भन्दा बढीको काराेबार संचालन समेत गरेको छ । शाखा बिस्तार भएको १ बर्ष नपुग्दै सहकारी ले १५२ समूह समेत बनाएकोछ । पश्चिम सुर्खेत काे बाबियाचाैरमा संकलन केन्द्र बिस्तार गरेको संस्थाले तातापानि, गुटु बिद्यापुर सालकाेट लगाएतका क्षेत्रमा काराेवार संचालन गरेको छ । केही समयमै सम्पूर्ण वडाहरुमा समेत बचत समूह बनाउदै जाने सहकारी का अध्यक्ष बमबहादुर बिसिले बताउनुभएको छ । कार्यक्रम काे सफलताको शुभकामना दिदै नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले ऋण लगानी गरेर शेयर सदस्य लाई धनी बनाउन अाग्रह गर्नुभएको छ । साथै शेयर सदस्य ले संस्थाकाे उदेश्य अनुसार काम गरेमा नगरपालिकाले अाबश्यक सहयोग गर्ने समेत बताउनुभएको छ । कार्यक्रम काे अध्यक्षता सहकारीका अध्यक्ष बमबहादुरले बिसिले गर्नुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *