खुला अाकाशमै तामाका भाँडा बनाएर जीवन गुजारा गर्दै चन्द्र बहादुर

जगतदल जनाला बिक

मंसिर ११पञ्चपुरी, सुर्खेत ।

रोजगारीको अवसर नपाएर वर्सेनि लाखौँ युवा रोजगारीको खोजीमा विदेश गइरहेका छन्। यद्यपि, केही व्यक्ति आफ्नै सीपले प्रयोग गरी जीवन मात्र गुजारा गरारहेका मात्र छैनन्, परिवार पनि राम्ररी चलाइरहेका छन्।सुर्खेतकाे पञ्चपुरी २का चन्द्र बिकले तामाका भाँडाकुँडा बनाउने पेसा गर्छन्। उनले सोही पेसाबाट पाँच जनाको परिवार राम्ररी चलाउँदै आएका छन्। २०२३सालमा जन्मेका उनी उमेरले अहिले ५२ वर्षका भए।उनले १७ वर्षको उमेर देखि नै तामाका भाँडाकुँडा बनाउँदै आएका छन्।परम्परागत अाफ्नाे परिवारमा तामाका भाँडा बनाउने सीप नभएपनि बाहिर बाट अाएका ताम्राकारले बनाएकाे देखेकै भरमा उनले सीप सिकेका हुन । सडक छेउको खुला आकाशमुनि उनको तामाका भाँडाकुँडा बनाउने आरन छ। त्यहीँ बनाइएका तामाका गाग्री,ताउला,दमाह,माना ,पाथी लगायतका सामग्री बेचेर आएको आम्दानीलाई उनले खर्च मात्र नभइ बैंकमा बचत समेत गरेका छन् ।उनको दैनिक जीवनशैलीमा परिवर्तन आएको छ। उनका तीन छोरा र तिन छोरी ,तीन बुहारी छन् ।छाेरा सबै छुट्टिएर अलग्गै छन् ।२छाेरीकाे पनि बिवाह भैसक्याे ।उनका तिनवटै छाेरा नेपालमै गाडीका ड्राइभर छन् ।उनलाई छाेराहरुले दु:ख नगर्न भने पनि याे काम नगरी उनकाे मननै शान्ति हुँदैन । उनी भन्छन् यसै पेसाबाट आएको आम्दानीले अाफुलाइ खानभरी जग्गा,घर बनाएकाे छुँ।सबै छाेरा छाेरीलाइ माध्यमिक तहसम्म विद्यालयमा पनि पढाएँ। छाेराहरुलाइ पनि याे काम सिकाउन खाेजें तर झन्झटिलो काम काे गराेस भनेर अा अाफ्नाे बाटाे हिंडे ।वर्षभरिका लागि पुग्ने अन्न, लत्ताकपडा, औषधोपचार खर्च पनि यही पेसाबाट आएको आम्दानीले धानेको उनले बताए। यहि कामकाे सिलसिलामा उनले अछा,डाेटी,दैलेख,कैलाली ,कालिकोट लगायत विभिन्न जिल्लामा गई घरदैलाे मैं पुगेर तामाका सामाग्रीहरु बनाउने गरेका छन् । सानैदेखि यस पेसामा आवद्ध चन्द्र रोजगारीका लागि भारतको उत्तर प्रदेश(काला पहाड ) पुगेका थिए। त्यहाँ उनले ढुङ्गा बाेक्ने,गिट्टी कुट्ने काम गरे।यसी अर्काकाे देशमा अपमानित भएर काम गर्न भन्दा अाफ्नाे सिपलाइ देखाएर मेहनत गरि अाफ्नै देशमा काम गर्छु लाग्याे।फेरि त्यहाँ उनलाई ठेकेदारले नेपाली कामदारमाथि गर्ने व्यवहार मनपरेन। त्यसैले उनी स्वदेश फर्किए। अर्काको देशमा जति नै पसिना बगाएर काम गरे पनि मालिकले हेप्ने, होच्याउने कार्य गरेकाले आफ्नै देश फर्केको उनको भनाइ छ। उनले नेपाल आएर तामाका माना, पाथी, ताउली, दियो, विभिन्न किसिमका बाजा र मूर्तिहरू बनाउन फेरि सुरु गरे। बजारमा विभिन्न किसिमका भाँडाकुडा पाइने भएपछि उनले बनाएका तामाका सामग्री बजार क्षेत्र र जिल्लाका विभिन्न गाउँमा पहिले जस्तै सहजै बिक्री गर्न नसकिएको बताए। विशेष गरी‘विवाह ,पुजा ,शुद्धि को सिजनमा तामाका भाँडाकुँडा दान दिने भएकाले सिजनमा राम्रै कमाइ हुने गरेको छ। चन्द्रले एक किलो ग्राहककै तामाका सामग्री भए बनाएकाे ज्याला प्रतिकिलाे पन्ध्र सय रुपैयाँका दरले बनाउने गरेका छन् ।नयाँ अाफुले बनाए सामाग्रीहरु संङ्ग १किलाे नयाँ दिएर २किलाे पुरानाे तामा खरिद गर्छन ।साना भाँडा एक हजार ५०० रुपैयाँ र ठूलाठूला गाग्रीहरु हरू छ हजारदेखि सात हजार रुपैयाँसम्ममा बेच्दै आएका छन्। उक्त सामग्री बेचेर उनले मासिक १० देखि २० हजार रुपैयाँ र कहिल्यै तीस चालिस हजार सम्म आम्दानी गर्दै आएका छन्। तर हिंजाे अाज जँङ्गल राेक्का भएपछि काेइला (गाेल)नपाइने भएपछि काम गर्न समस्या भएको बताए।

पेशाकाे दिगाे बिकासका लागि याेजना ल्याउन सरकारसँग अाग्रह ?

देशमै केही गर्ने उद्देश्यले काम गरिरहे पनि अहिलेसम्म आफ्नो पेसा(व्यवसाय )लाई प्रवर्द्धन गर्न स्थानीय तथा केन्द्र सरकारबाट सहयोग नपाएको उनको गुनासो छ। ‘अहिलेसम्म कुनै ठाउँबाट पनि सहयोग पाइएको छैन’, उनले भने, ‘यो पेसालाई दिगो र युवा पुस्ता सम्म हस्तान्तरण गरि अगाडि बढाउनका लागि केही आर्थिक सहयोग पाए राम्रो हुन्थ्यो।’ सरकारले सहयोग गरेमा आफ्नो व्यवसायलाई विस्तार गर्ने उनको योजना छ। गाउँघरको सरकारका रूपमा रहेको स्थानीय सरकारले पनि आफूलाई नहेरेको उनको आरोप छ। लोप हुँदै गइरहेको आरन पेसाको संवर्द्धनका लागि स्थानीय सरकारले विभिन्न किसिमका तालिमहरू दिनुपर्ने उनको सुझाव छ। अहिले तामाका भाँडाकुँडा बनाउने पेसा संकटमा परिसकेको बताउँदै उनले त्यस पेसालाई संरक्षण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए। रोगजारीका लागि लाखौँ लगानी गरेर विदेश जानुभन्दा आफ्नै देशमा पसिना बगाउन सके आम्दानीका साथै देशमैं स्वराेजगार बनी अात्मनिर्भर बन्न सकिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *