शिक्षकलाइ समयमा विद्यालय उपस्थित गराउन विद्दुतीय हाँजिर

जगतदल जनाला बिक
पञ्चपुरी,सुर्खेत १८मंसिर ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका २ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लगाममा मङ्गलबार देखि विद्दुतीय हाजिरि प्रणाली सुरु गरिएको छ। विद्यालयका शिक्षक ,कर्मचारीहरुलाइ नियमित र समयमा उपस्थिति गराउन यो प्रणालीलाई सदुपयोग गरेको बिद्यालयका प्रध्यानाध्यापक लाल बहादुर थापाले बताए । शिक्षकहरु कार्यालय समयमा नआउने ,र विद्यार्थीहरुको पठनपाठनमा समस्या देखिने भएको हुँदा यो प्रणालीको आवश्यक रहेको थापाले बताए ।अरु बेला मनोमानी आउने जाने शिक्षक विद्दुतीय हाँजीरी सुरु भए पछि बिहान १०बजे भित्र र साँझ ४ बजे सम्म शिक्षकहरु विद्यालयमै उपस्थीती रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सिंह बिकले बताए । दिनमा दुइपटक बिहान १०आएको हाजिर र अपराह्न ४बजे गएको हाँजिर लाग्ने, प्रत्येक महिना त्यो हाजिर प्रिन्ट आउट गर्ने,शिक्षककहरुको पूरा विवरण हुने भएकोले समितिले शिक्षकहरुको मुल्यांकन गर्न र पठनपाठनलाई प्रभावकारी बनाउन २३ हजारको लागतमा जडान गरेको अध्यक्ष बिकले बताए । शिक्षकहरु महिनामा केहिदिन मात्र उपस्थित हुने र हाँजीर पुरै महिनाको लगाइ तलब बुझ्ने स्थितिलाई यो प्रणालीले सहयोग पुर्याउने शिक्षक अभिभावक संघका अध्यक्ष पदम बान्तोलाले बताए ।पश्चिममैं पहिलोपटक उक्त विद्यालयले यो प्रणाली लागु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *