नरहरीनाथमा लैंगीक हिंसा बिरुद्धको अभियान

कालिकोट, २५ मंसिर ।
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा लैंगीक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत विविध कार्यक्रम गर्दै समापन गरिएको छ ।
नोभेम्बर २४ देखि शुरु भएको अभियान सोमबार डिसेम्बर १० का दिन अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा समापन गरिएको हो । गाउँपालिका र विभिन्न वडा कार्यालयहरुसंगको समन्वयमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले साझा आवाज कार्यक्रम अन्तर्गत विविध अभियान सञ्चालन गरेको थियो । अभियान प्रत्येक वडामा गठित मानव अधिकार पैरवी सञ्जाल, महिला सञ्जाल र दलित सञ्जालको सक्रिय सहभागिता रहेको थियो । सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले नरहरीनाथ गाउपालिकालाई जातिय तथा महिला हिंसामुक्त वनाउनका आवश्यक निती लिने र त्यस्ता हिंसा गर्नेलाई कारबाही गर्ने बताए । उपाध्यक्ष मनोसोभा वुढाले गाँउ समुदाय स्तरमा विभिन्न खालका सामाजिक तथा साँस्कृति हिंसा कायमै रहेको बताउँदै यसको अन्त्य गर्न सबै लाग्नु पर्ने बताइन । जाँडरक्सी सेवनका कारण यस्ता हिंसा बढी हुने गरेको भन्दै त्यसको न्यूनीकरणका लागि गाउँपालिकामा जाँडरक्सी निषेधित गरिएको उपाध्यक्ष बुढाले बताइन् । साझा आवाज कालिकोट जिल्लाका कार्यक्रम संयोजक बीर तिरुवाले नेपालमा महिलाहरुको सन्र्दर्भमा शारिरीक हिंसा, मानसिक हिंसा,यौनजन्य हिंसा, सामाजिक हिंसा र घरेलु हिंसा, अािर्थक हिंसा कायमै रहेको बताए । उनले विभिन्न प्रथा परम्परा र राजनीति रुपमा पनि हिंसा भैरहेको बताउँदै उलने अबका दिनमा महिला दलित तथा वालवालिका र ज्येष्ठ नागरीक फरक क्षमता भएका व्यातिmहरुको मानव अधिकार संरक्षण गर्ने, उनिहरुको सम्मान पूर्वक वाच्न पाउने अधिकारको सुनिश्चिता गर्न, विकासको समान साझेदारको रुपमा स्थापितगरी लैंगीक समानता कायम गर्नै, जस्ता कुराहरुमा सामाजिक अभियान्ता,गैरसरकारी सस्था तथा स्थानिय सरकारले एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *