व्यावसायिक कुखुरापालन सम्बन्धी तालिम सम्पन्न

रेडियो डांडादरा एफ एम 

जगतदल जनाला बिक

पञ्चपुरी, सुर्खेत २६ मंसिर ।

व्यवसायिक महिलाहरुलाइ पञ्चपुरीमा कुखुरा पालन तालिम बुधबार समापन गरिएको छ ।निर्धन उत्थान लघुवितिय संस्थाको आयोजनामा चौकुने गाउँपालिका,पञ्चपुरी नगरपालिका र बराहताल गाउँपालिकामा रहेका निर्धन बैङ्कका समुहमा आवद्द ३०जना महिलाहरुलाइ तीन दिन सम्म तालिम दिइएको छ।तालिमको समापनमा बोल्दै सहभागी पवित्रा तारामीले बिगत देखि कुखुरा पाल्दै आए पनि प्राविधिक ज्ञान नहुँदा व्यवसाय गर्न अप्ठ्यारो परेको बताइन् ।उनले कुखुरालाइ गाउँघरमा परम्परागत रुपमा सामान्य तरिकाले पाल्ने गरेको विभिन्न रोगहरु,हेरचाह लगायतका साना तिना कुराहरु थाहा नपाउंदा सोचे जति आम्दानी गर्न नसकेको र तालिम बाट सिकेका कुरालाई व्यवहारमा लागू गर्ने बताइन् ।जति बेला कुखुरापालनमा अब्बल भइ राम्रो आम्दानी लिन सकिन्छ ,तब मात्र तालिम लिएको प्रगति हुने निर्धन उत्थान बैंक विद्यापुर शाखाकी प्रबन्धक खेम कुमारी भण्डारीले बताइन् । तालिमको सहजिकरण पशु सेवा कार्यालय चौकुनेका इन्चार्ज भोज प्रसाद चपाइले गरेका थिए। उनले छोटो समयमा यदि बुझ्न नसकिए पनि थाहा नपाएको कुरामा आफुलाइ सोधेमा सिकाउन सिकिने बताए । कार्यक्रममा निर्धन उत्थान बैंकका क्षेत्रीय कार्यक्रम अधिकृत मीन बहादुर हमालले संस्थाको मुख्य लक्ष्य भनेको महिलाहरुलाइ आर्थीक रुपमा सबल बनाउने भएकाले अगामी दिनमा पनि समुहको माग अनुसार यस्ता कार्यक्रम ल्याइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *