नागरिकता नहुँदा भत्ता पाउन सकेकि थिइनन् थिउरीले

उनले ७६वर्षको उमेरमा नागरिकता पाइन 

 

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत ११पुस ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका वडा नम्बर ८भट्टेसराकी थिउरी कामी उमेरले ७६ वर्ष पुगिन् । उनी स्पस्ट बोल्न सक्दिनन् ।अहिले सम्म उनको विवाह समेत भएको छैन।
पहिला नागरिकता बनाउन सदरमुका बिरेन्द्रनगर सुर्खेत पुग्नु पर्थ्यो त्यति बेला पैसा भएन,अहिले नजिकै बाबियाचौर इलाका प्रशासनमा नागरिकता बनाइन्छ तर त्यहाँ सम्म लगिदिने मान्छे थिएन ,नागरिकता बनाउन कसैले पहल गरिदिएन ।दाजुको घरमा बस्दै आक्की छु , दाजु हिंडडुल गर्न सक्दैनन् भतिजहरु भारतमैं बस्छन् उनले भनिन् ।आफु सङ्गका छिमेकी सबैले जेष्ठ नागरिक भत्ता बुझ्दा मनै खिन्न हुन्थ्यो ,यदी मेरो पनि नागरिकता भएको भए भत्ता पाउने थिएँ ,बुढेसकालमा औषधी उपचार,खानलाउन हुन्थ्यो उनले भनिन् । १९९९ साल असार १०गते जन्मेकी उनको नागरिकता नभएकै कारण १६ वर्ष सम्म सामाजिक सुरक्षा भत्ता पाउन सकिनन् ,संघ संस्था र समुहमा पनि बस्न पाएकी थिइनन् उनले ।अहिले घरदैलोमानै यसरी नागरिकता प्राप्त गरेपछि उनीअहिले खुसी भएकी छन् ।
चौकुने गाउँपालिका सदरमुकाम देखि टाढा र भुगोलका हिसाबले पनि बिकट यहाँका धेरै जसो नागरिक काम गर्न भारत जाने भएकाले कतिपय नागरिकले नागरिता र फोटो सहितको मतदाता नामावली छुटेको हु‌दा जिल्ला प्रशासन सङ्ग समन्वयगरी घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाहीले बताए। शिबिर बाट१०७ जना पुरुष र ९२ जना महिला गरि १९९ जनाले नागरिकता लिएका छन् भने १४८पुरुष ,१११महिलासहित २५९ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराएका छन् । दुइदिने एकीकृत घुम्ती शिविर अन्तरगत नागरिकता बितरण ,फोटो सहितको मतदाता नामावली सङ्कलन,निशुल्क स्वास्थ्य शिबिर,कृर्षि परामर्श सेवा,रक्तदान ,आपतकालिन सुरक्षा उपाय सम्बन्धि कार्यक्रम मङ्गलबार सम्पन्न भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *