जेष्ठ नागरिकलाई कम्बल बितरण

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत १३ पुस ।

७०वर्ष माथिका जेष्ठ नागरिकलाई शुक्रबार कम्बल बितरण गरिएको छ।पञ्चपुरी नगरपालिका वडा नम्बर ११ले आर्थीक वर्ष २०७५.७६को एक लाख पचास हजार बजेटमा एक सय चौध जना जेष्ठ नागरिकलाई कम्बल बितरण गरि सम्मान गरिएको हो ।पञ्चपुरी नगरपालिका वडा नम्बर ११कि बिन्द्रा तिमिल्सिनाले आफ्नो गाउँ घरमा बल्ल स्थानीय सरकार आएको अनुभुती भएको ७०वर्षिय तिमिल्सिनाले बताइन् ।सरकारले जेष्ठ नागरिक भत्ता दिएपनि यसरी वडाले जाडोमा कम्मल दिएपछि खुसि भएको बताइन् ।यस्तै पञ्चपुरी ११कै रङ्गे कामीले काम गर्न हिंड्न डुल्न नसक्ने अवस्थामा वडाले पनि यसरी जेष्ठ नागरिकलाई प्रत्येक्ष सहयोग पुग्ने योजना ल्याइ सम्मान गरेपछि आफुले जिताएका जनप्रतिनिधिलाई धन्यवाद दिए ।पञ्चपुरी नगरपालिका वडा नम्बर ११का वडा अध्यक्ष दिपरा जैसीले यो वर्ष ७० वर्ष माथिका जेष्ठ नागरिकका लागि भए पनि आगामी वर्षमा ६०वर्ष पूरा भएका सम्पूर्ण जेष्ठ नागरिकलाइ यस्ता कार्यक्रम ल्याउने बताए ।पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले सरकार बाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताले मात्र जेष्ठ नागरिकका आवश्यकता पूरा नहुने भएकोले सम्मान गर्नुपर्ने परम्परा बसाल्न कार्यक्रमले सहयोग गरेको बताए ।कैयौं सन्तानले आफ्ना आमा बुवालाइ बृद्दा आश्रम पठाइरहेका बेला स्थानिय सरकारले नै यसरी सम्मान गरे जनचेतना फैलने पनि विस्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *