लोकसेवाका कक्षामा जोड दिंदै पञ्पुरी

 

जगतदल जनाला बिक

पञ्चपुरी,सुर्खेत २३ पुस ।

देश संघिय संरचनामा गइसकेपछि स्थानीय,प्रदेश ,र केन्द्रमा कर्मचारी अभाव भइरहेका बेला पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले स्थानिय स्तरमै दक्ष जनशक्ति उत्पादन गरि लोकसेवामा सहज होस भन्नका लागि प्रत्येक वडा बाट ५ जनालाई छनोट गरि एघार वडाका ५५ जनालाई लोक सेवा आयोग अन्तरगतका नायव सुब्बा र खरिदारका लागि तयारी कक्षा सञ्चालन गरेको हो । अध्ययनका लागि  बाबियाचौर कन्सलटेन्सीले सहजिकरण गरेको छ।सुरुवाती चरणमा पढ्न चाहेका तर बाहिर गएर पढ्न नसक्ने अवस्थालाई मध्यनजर राखी नगरपालिका बाट २लाख ५० हजार रुपैयाँ छुट्याइएको उपप्रमुख मुक्ति रेग्मी पुरीले जानकारी दिइन ।प्राय समुदायमा रहेका दलित ,जनजाति ,महिला  अल्पसंख्यक विद्यार्थीहरुका लागि अध्ययनमा थप हौसला बढाउन यस्तो कार्यक्रम ल्याएको उनले बताइन् ।यस्तै पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले देशमा बढ्दो बेरोजगारी ,भइरहेका बेला स्थानीय सरकारले नै लोक सेवा सङ्ग सम्बन्धीत कार्यक्रममा सहयोग गरे विद्यार्थीहरुलाइ थप हौसला हुने बताए ।बाँझामा गहुँ त्यतीकै फालेर फल्दैन,राम्ररी मल जल गरे सोचेजति मेहनत गरे अनुसार गहुँ भित्र्याउन सकिने भन्दै ३०प्रतिशत लगानी नगरले गरिदिएकोमा ६०प्रतिशत आफुले लगानी गरि नियमित मेहनत गर्न उनले सुझाव दिए ।साथै आगामी दिनमा पञ्चपुरी बाटै धेरै भन्दा धेरै सरकारी कर्मचारी भएको देख्न पाइने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *