पानी बाट लाग्ने रोगको उपचार खर्च संस्थाले व्यहोर्ने

 

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत २६ पुस ।

तेस्रो साना सहरी खानेपानी अन्तर्गत बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अवको तिन वर्षभित्र पानीको प्रयोग बाट लाग्ने रोहरुको उपचार खर्च खानेपानी सँस्थाले व्यहोर्ने योजना अघि सारेको छ ।
पन्चपुरी नगरपालिका वडा नम्बर ५ र ६ का नागरिकले यो सेवा पाउने भएका हुन ।
समितिको बिहिवार नवौं बार्षिक साधारण सभाबाट उपभोक्तालाई पानी बाट लाग्ने विभिन्न रोगहरुको उपचार गरि स्वस्थ नागरिक सफा पिउने पानीको अवधारणा अघि बढाएको छ।

समितिले धारा धनी पुर्जा बितरण पनि गरेको छ। धारा धनीले पुर्वा धितो राखेर २५ हजार सम्म सस्तो ब्याजदरमा ऋण पाउने भएका छन ।यस्तैमोबाइल बाट बिल भुक्तानी गर्ने योजना पनि अगाडि सरेको छ । आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष लोकबहादुर बुढाले स्वच्छ खानेपानी बितरणमा कुनै कसुर बाकी नराख्ने र आयोजना निर्माण गर्दा नगरविकास कोषबाट लिइएको ऋण सम्झौता अनुसार तिर्नु पर्ने भएपछि उपभोक्ता हरु खानेपानीको चर्को महशुल तिर्नु पर्ने अवस्था आएकोले अनुदानका लागि स्थानीय ,प्रदेश र केन्द्र सरकार सङ्ग अनुरोध गरे । उनले प्रस्तुत गरेको प्रतिबेदनअनुसार आब २०७४र०७५ मा४ करोड १६ लाख १८ हजार तीन सय ५५रुपैया आय ब्याय रहेको छ ।
कार्यक्रममा बोल्ने अथितिहरुले राज्यले स्वच्छ खानेपानी पाउनुपर्ने नागरिकको अधिकार कार्यान्वयन गर्न नसकेको बताएका छन । राज्यको बेवास्ताका कारण पश्चिम क्षेत्रका बसिन्दाहरुले महँगो महशुल तिर्न बाध्य भएको उपभोक्ताहरुले बताएका छन् ।
धारा जडान गर्दा धारौटी र महशुल बढाउन भन्दापनी सर्बसुलभ र स्वच्छ खानेपानी बितरण हुनुपर्ने कार्यक्रमका बक्ताहरुले बताए ।
१५ करोड ६२ लाख २२ हजार७ सय९१ मा ठेक्का लिएको चन्द्रा एण्ड बसन्त जेवि कन्सन्टेन्सीले विभिन्न समस्याले लक्ष्य अनुसार काम भए पनि केही काम सम्झौता गरे भन्दा बढी गर्नु परेकोले काम सक्नुपर्ने मिति भन्दा ११० दिन ढिलो आयोजना हस्तान्तरण गर्न सकिएको कम्पनीका प्रतिनिधि भरत शाहीले बताए ।
२०७३ कार्तिक २३ मा सम्झौता भएको आयोजना ७५ बैशाख २४ मा सम्पन्न भइसक्नु पर्ने थियोे ।
३हजार धाराको क्षमता भएको आयोजनामा अहिले सम्म ११सय धारा सञ्चालनमा आएका छन ।
कार्यक्रममा पन्चपुरीका नगर प्रमुख उपेन्द्र थापाले खानेपानी बिकास र बिस्तारमा नगरपालिकाले सहयोग गरिरहेको र अगामीदिनमा पनि सबै जप्रतिनिधि सङ्ग सशहकार्य गरि अगाडी बढ्ने बताए । उनले यहाँ बाट निर्वाचित सांसदहरुले खानेपानी महशुलको समस्या समाधानको लागि पहल गर्नुपर्ने बताए ।
कर्णाली प्रदेशसभा सदस्य बिन्दमान बिष्टले संघीय संरचना अनुसार स्थानीय सरकारले सिंहदरबारको अधिकार पाइसकेको भन्दै परदर्शीता अपनाउनुपर्ने र यहाँका जनताको स्थितिलाई बुझेर महशुल लगाउनु पर्ने बताए ।
कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्तीले प्रत्येक घरधुरीका नागरिकलाइ पानीको महशुल तिर्न सक्ने गरि आयआर्जनका लागि सिप विकासका कार्यक्रम ल्याउन नगरपालिका लाई आग्रह गरिन ।जनताका चाहाना बुझेर निर्वाचन ताका गरेका बाचा पूरा गर्ने बताइन ।
कर्णाली प्रदेशका प्रदेश प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि दुर्गा केशर खनालले पहिलेको तुलनामा धेरै विकास भएको बताउँदै अन्य थुप्रै फजुल खर्चमा खर्च गर्नु भन्दा स्वच्छ खानेपानी मा लगानी गर्नाले आफ्नो गाउँ आफै बनाउं भन्ने नारा सार्थक हुने बताए । बाबियाचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष जिवन ढुङ्गानाले आयोजना बनाउन सम्पूर्ण उपभोक्ता ,जनप्रतिनिधि र समाजसेको अथक प्रयासमा नमुना योग्य आयोजना बनाउन सफल भएको बताए ।स्वस्थ खानेपानी बाट धेरै रोगहरु बाट बच्न सकिने भन्दै पानीको गुणस्तर अनुसार महशुल उपयुक्त भएको बताए ।आयोजना सम्झौता गर्दा उपभोक्ताले सहमति अनुसार ७० प्रतिशत नेपाल सरकार अन्तरगतको नगरविकास कोषले अनुदान दिने र ३०प्रतिशत स्थानिय उपभोक्ताले व्यहोर्नुपर्ने सम्झौता छ।आयोजना सञ्चालन गर्दा उपभोक्ताले ५ प्रतिशत रकम भुक्तानी गरेका थिए भने बाँकी २५ प्रतिशत रकम २० वर्ष भित्र उपभोक्ताले नगरविकासको ऋण बुझाइ सक्नु पर्ने हुंदा उपभोक्ताको महशुलमा बृर्दि गरेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।उनले भने पानीको महशुल घटाउन कुनै चिन्ता छैन उपभोक्ताले भनेपछि म २४ घण्टा भित्र निर्णय गरेर घटाइदिन्छु तर आयोजनाको दिगोपना कस्तो रहने,जति पैसा तिरे पनि धारामा पानी नआए, नगरविकास समितिको ऋण असुल गर्न उसले आफ्नो स्वामित्वमा आयोजना लिइ इच्छा अनुसारको झनै चर्को महशुल लगाइ तिर्ने अबस्था आएपछि के हुन्छ यी विषयमा ध्यानदिन सम्पुर्ण उपभोक्ता ,जनप्रतिनिधि ,राजनिती दलले जरुरी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *