कृष्ण आचार्यको शब्दमा रहेको बादलुको छायाँ मुनी गीत सार्वजनिक, युटुबमा भाइरल

 

डांडादरा एफ एम ,माघ ५ सुर्खेत ।

सुगम संगितका लोकप्रिय गायक राजेश पायल राईको स्वर र कानुन ब्याबसायी कृष्ण आचार्यको “बादलुको छायाँ मुनी सानो मेरो घर” गिती सङ्ग्रह सार्वजनिक भएको छ । सार्वजनिक भए लगतै गीत युटुब र सामाजिक संजालमा भाईरल बनेको छ ।

नवलपुर जिल्ला कावासोती निवासी सर्जक कृष्ण आचार्य हाल बेलायतमा स—परिवार बसोबास गर्दै आएका छन् । नेपालमा रहँदा कानुन व्यावसायी र प्राध्यापन क्षेत्रमा समेत संग्लन रहेका उनलाई विदेश बसाइको व्यस्तताको बाबजुत पनि मिठो शब्द कोर्न समय पाउनु भएछ नि भन्ने प्रश्नको जवाफमा आचार्यले बाल्यकाल देखीको आफ्नो रहर गीतमा उतारेर पुरा गरेको र अझै पनि आफ्नो रहर पुरा नभएको, समय मिलेसम्म गीत संगितको शब्द कोर्ने बताए ।

ओएसआर डिजिटल प्रालिले बजारमा ल्याएको उक्त म्युजिक भिडियोमा बेलायतमै बसोबास गर्दै आउनु भएका रमेश कायस्थले संगीत भरेका छन् भने भिडियो सुबतराज आचार्यले गरेका छन् । जया शर्माको सह(निर्देशन रहेको भिडियोलाई उत्सव धितालले छायाँकन र गम्भीर विस्टको कोरियोग्राफी रहेको छ ।

“बादलुको छाँया मुनी सानो मेरो घर, मायाँलुलाई मायाँ गरी बस्ने यो रहर
कहिले पुरा होला मेरो मनको यो चाहाना, आजै गरौँ कित उनलाई भेट्ने बाहाना”

जस्ता शब्द सङ्कलन रहेको गिती सङ्ग्रह प्रेम कथामा आधारित छ । गीतमा बादलुको छाँया मुनी रहेको सानो घरमा प्रेमीले आफ्नी प्रेमीकालाई मायाँ गरेर सुखी सँग जिवन ब्यतित गर्ने कल्पना बोकेको हुन्छ । सोही कल्पना कहिले पुरा होला भनी प्रेमी आशामा बसिरहेको एउटा मार्मिक यथार्थपरक विषय वस्तुलाई म्युजिक भिडियोमा पस्किएको छ । चर्चित मोडेल तथा कोरिओ ग्राफर गम्भीर विस्ट र जेविका कार्कीको रोमान्टिक अभिनय यस भिडियोमा देख्न सकिन्छ
सर्जक कृष्ण आर्चायले उक्त गीत आफ्नी ममतामयी माता खगीसरा आर्चायको सम्झनमा समर्पित गुर्नभएको हो ।

भिडियो हेर्नका लागि 

Leave a Reply

Your email address will not be published. Required fields are marked *