कक्षा काेठाकाे अभावमा विद्यार्थीकाे पढाइ प्रभावित

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत ।
६ माघ ।
सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिका वडा नम्बर ८मा रहेको श्री नेपाल राष्ट्रिय प्रथामीक विद्यालय माझीगाउँमा कक्षा काेठा अभाव हुंदा विद्यार्थीहरुकाे पढाइ प्रभावित भएकाे छ ।२०४५ मा स्थापना भएकाे यस बिद्यालयमा कक्षा बाल शिक्षा देखि कक्षा पाँच सम्म पढ्ने १२८ जना विद्यार्थी छन् ।दुई काेठे भवनलाइ बिच बाट बारेर ४ काेठा बनाए पनि अझै २ काेठा अभाव छन् । विद्यालयका शिक्षक भिमराज घिमिरेले भने एउटा काेठामा पढाउँदा अर्काे काेठामा पढाइ प्रभावित हुन्छ ।”२०६३ मा जाइका संस्थाले २काेठे भवन बनाइ दियाे त्यही २ काेठे भवनलाइ बिचमा हामीले काठकाे बार हालेर ४ काेठा बनायाैं” विद्यालयका प्रध्यानाध्यापक जनक देव गिरीले बताए ।बसाइ पनि व्यवस्थापन गर्न गार्‍हो हुन्छ जसले गर्दा विद्यार्थीहरुलाइ गुणस्तरीय शिक्षा दिन सकेका छैनाैं ।अाजभाेली चिसाेमा बाहिर बसाएर पनि पढाउँछाैं,वर्षा याममा एउटै काेठामा राखेर पनि पढाउँछाैं, अझै हामीलाई अफिस सहित ३ काेठाकाे अपुग छ,, गिरीले भने ।वडा मार्फत नगरपालिका सङ्ग २ काेठे भवनका लागि रकम माग्याैं तर नगरले ४० हजार रुपैयाँ दिन खाेज्दै टार्याे त्याे पैसा हामीलाई केही पनि काम गर्न नसकिने भएपछि लिएनाैं ,अहिले दरबन्दी शिक्षक ३ जना,स.का १ जना ,कर्मचारी १ जना र निजीस्राेत बाट २ जना शिक्षकहरु छन् । एउटा शिक्षकलाई कम्तीमा ८ घण्टी पढाउनु पर्छ, निजि स्राेतका शिक्षकलाइ सामुदायिक बनले तलब दिन्छ यस्तै विविध समस्याका बावजुत पनि विद्यालय चलाउनु परेकाे उनकाे गुनासाे छ।यस्तै पञ्चपुरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष भक्ती पाैडेलले वडामा कम बजेट र याेजना धेरै भएकाेले अहिले समेट्न नसकिए पनि अागामी बजेटमा विद्यालयकाे लागि नगर सङ्ग बजेट माग गर्ने प्रतिवद्दता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *