प्रोत्साहन भत्तामा वृद्धि भएपछि स्वास्थ्य सँस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या बढ्यो

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत १० माघ ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा आइ गर्भ जाँच गराउने महिलाहरूका लागि दिइने सुत्केरी यातायात खर्चमा वृद्धि गरेसङ्गै स्वास्थ्य सँस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या बढेको छ । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहन स्वरूप दिने भत्तामा वृद्धि गर्दै पञ्चपुरीले थप दुई हजार रूपैयाँ दिएको छ ।सरकारले सुत्केरी भत्तासँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्ता दिँदै आएको छ ।
नेपाल सरकारद्वारा प्रत्येक गर्भवती महिलाले चार पटकसम्म स्वास्थ्य जाँच गराइ स्वास्थ्यचौकीमा सुत्केरी भएमा यातायात खर्चवापत  दुइहजार र प्रोत्साहन स्वरूप आठ सय गरी दुइ हजार आठ सय  रूपैयाँ दिने गरेको थियो । उक्त रकममा थप वृद्धि गरी पञ्चपुरी नगरपालिकाले दुई हजार पु¥याएको हो । पञ्चपुरी नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५को बजेट तथा कार्यक्रममार्फत् नै सुत्केरी महिलाहरूलाई सुत्केरी खर्च वापत दिइने रकम वृद्धि गरी दुई हजार पु¥याउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले सुत्केरी महिलाहरूलाई भत्ता वितरण गर्ने कार्य सुरु गरेको थियो । पहिला स्वास्थ्य संस्थामा कमै मात्रामा सुत्केरी भएपनि २०७४ असार देखि २०७५ असार सम्म पञ्चपुरी नगरपालि १ देखि ११वडा सम्मका ६७६ जना महिलाले स्वास्थ्य संस्थामा सुत्केरी भएका थिए । यस्तै २०७५ साउन देखि पुस सम्म ३सय ६ जना स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भएको पञ्चपुरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख गंगा देव पुरीले बताए ।
नगरपालिकाले दुइ हजार र नेपाल सरकारले दुइहजार आठ सय रुपैयाँ गरि जम्मा चार हजार आठ सय रूपैयाँका दरले सुत्केरी पोषण खर्च प्रदान गर्छन् । रकम पाउन गर्भवती महिलाले कम्तीमा चार पटक स्वास्थ्य संस्थामा गइ अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्दछ।
सुत्केरी अवस्थामा पौष्टिक आहाराको कमी हुने, कुपोषणबाट बच्न, सामान्य औषधि उपचारमा सहज बनाउनका लागि यो कार्यक्रमले सहयोग गरेको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए । स्वास्थ्य संस्थामा गई सुरक्षित गर्भवती भइ आमा र बच्चा को स्वास्थ्यलाइ सुरक्षित गर्न यो कार्यक्रमले सहयोग पुगेको बताए ।
गर्भवती हुँदा राम्ररी खानपान नहुने, घरायसी कामको बोझ लगायतका थुप्रै आर्थिक ,सामाजिक बोझ पर्ने र यसले गर्दा महिलाहरूमा पाठेघर खस्ने, रतन्धो हुने जस्ता समस्या देखापर्ने भएकोले नगरपालिकाबाट सुत्केरी सहुलियत खर्च वापत दुई हजार प्रदान गरिएको हो’ उपप्रमुख मुक्ती रेग्मी पुरीले भनिन् ।
, ‘पहिला पाउने १४ सयले व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो, यातायातमै खर्च भइहाल्थ्यो । अन्य सामग्रीहरू किन्न घरका मान्छेहरूको भर पर्नु पथ्र्यो । अब घरका अरु मान्छेको भर पर्नु नपर्ने पञ्चपुरी ५ की अमृता बिकले बताइन् ।कतिपय महिलाहरू अझै पनि स्वास्थ्यचौकी नआएर घरमै सुडेनी, वैद्यद्वारा सुत्केरी हुने गरेको र यसले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने स्वास्थ्य चौकी बायिाचौरकी अनमी तारा तिवारीले बताइन् । यस्तो जोखिम न्यूनीकरण गर्न र महिलाहरूलाई स्वास्थ्य संस्थामा नै पुगेर गर्भ जाँच गराउनका लागि रकम वृद्धिले प्रोत्साहित गरेको उनले बताइन् ।
सरकारद्वारा यसअघि वितरण गरिएको एक हजार चार सय र नगरालिकाले थप दुइ हजार दिएपछि सुत्केरी यातायात र प्रोत्साहन खर्चले पनि पछिल्लो समय स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको संख्या दिन प्रतिदिन बढ्दै गएकोे स्वास्थ्य चौकी बाबियाचौरका इन्चार्ज सिद्ध रेग्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *