दलित महिलाको आरनमा आकर्षण

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत १७ माघ ।

चौकुनेका केही दलित महिलाले कृषि औजार बनाउने आरन पेसा अँगालेका छन्।
परम्परागत रुपमा दलित पुरुषहरुले मात्र गर्दै आएको आरन पेसा लोप हुन लागेको अवस्थामा चौकुनेका दलित महिला यो पेसा प्रति आकर्षीत हुन थालेका छन् ।
चौकुने गाउँपालिका वडा नम्बर६ कि २७ वर्षिय माता बिक का श्रीमान अर्को बिवाह गरि बिगत ५ बर्ष देखि भारत मै छन ।माताको आफ्नो जग्गा जमिन र घर छैन ।छिमेकीको घरमा बस्दै आएकि छिन।उनका २छोरी र १ छोरा गरि ४जनाको परिवार छ।
आरन व्यवसाय बाटै आफ्ना बच्चा बच्चीहरुलाइ पढाउने,लुगा कपडा ,खान,र बिरामी परेका बेला उपचार खर्च समेत अरुसँग माग्दैनन् । उनले पहिले आफ्ना श्रिमानले बानएको देखेकै भरमा छिमेकीका कुटा,कोदालो,हँसिया ,बन्चरो लगायत का सामाग्री बनाउन थालेपछि छिमेकीहरुले उनलाई अन्न बाली९ खलो०दिएर औजारहरु बनाउन दिने गरेका छन।
घरेलु तथा साना उद्योग विकास समिति सुर्खेत को सहयोगमा २ महिने आधुनिक आरन तालिम सफलता पुर्वक सम्पन्न गरेकी उनले ।खलो प्रथाका रुपमा होइन काम र औजार अनुसारको ज्यालामा बिक्री गरि ब्यवसायीक रुपमा अगाडि बढ्ने बताइन ।उनले आफुजस्तै सिक्न चाहने महिलाहरुलाइ सिकाउन सक्ने आँट रहेको बताइन ।उनले भनिन सानातिना कामका लागि पैसा अरुको भर नपर्ने र महिलाहरु पनि आर्थिक रुपमा सक्षम हुन सक्छन् भन्ने देखाउने बताइन ।
महिलाहरू घरको चुलो चौकोमा मात्र होइन आफुले चाहेका सिर्जनात्मक कार्यमा महिला पुरुष भन्दा कम हुन सक्दैनन भन्ने कुरालाई आफ्नो काम मार्फत देखाउन चाहान्छिन । पुरुष महिला एक रथका दुई पाङ्ग्रा हुन सहकार्य गरि अगाडि बढ्नु पर्छ,आर्थीक रुपमा आफुजस्तै अन्य महिलाहरुलाइ पनि सक्षम रुपमाअगाडि बढाउनकै लागि यो पेशामा आवद्द भएको बताउँछिन् चौकुने गाउँपालिका वडा नम्बर८ की २४ वर्षिय धना बिक।

शिक्षित दलित युवाहरु पनिआरन व्यवसायमा

दलित महिलाहरु सङ्गै दलित युवाहरुले पनि लोप हुन लागेको आरन ब्यवसायमा आक्रर्षित भएका छन ।स्नातक दोस्रो वर्ष अध्ययनरत सङ्गै आरन व्यवसाय लाग्ने लक्षका साथ २महिने व्यवसायिक तालिम लिएर व्यवसायमा हुम्मिन लागेका चौकुने गाउँपालिका वडा नम्बर ५ मायाँतालका भवानी बिक पनि बेरोजगारीले ग्रसित छन स्वदेशमा आफुले रोजगारी नपाएको र बिदेशमा रोजगारी नगर्ने उनको भनाइ छ ।उनले भने म अहिले बिएड पढ्छु,मेरा भाइ बहिनी पनि पढ्छन हाम्रा बुवाले आरनै चलाएर हामीलाई पढाए,लेखाए,पाले,म पनि त्यसरी नै आफ्नो दैनिकी चलाउँछु बिदेश मा गएर अरुको गुलामी हुनभन्दा स्वदेशमै आफ्ना दाजुभाइको सेवा गर्छु भने।उनले आरन व्वसायलाइ व्यवस्थित गरि बढ्दो कृषि औजारको मागलाई मध्यनजर राख्दै काम सञ्चालन गरे सोचेभन्दा धेरै आम्दानी हुने बताए ।चौकुने गाउँपालिका वडा न ८गुटुका६२वर्षिय खड्क बिकले आफुले पहिला काम गर्दाको स्मरण गर्दै भने दशै ,तिहार लगायतका पर्व आउँदा थैलो सातेर बीष्टका घर ९आफुले काम गर्दैन मानि आएका व्यक्ति० धाउनुपर्ने वर्ष भरि काम गरि जति दियो त्यति ल्याउनपर्ने थियो ।उनले भने अहिले त निश्चित दर रेट तोकेका हुन्छौं त्यही अनुसार ज्यालादारी मा काम गर्छौं जसले घर खर्च र उपचारमा सहयोग हुन्छ ।उनले युवाहरुलाइ उद्दमी बन्नमा प्रोत्सान गरेका छन ।नेपाल एक कृषि प्रदान देश हो अहिले दिनप्रतिदिन कृषि औजार सामाग्री को माग बढ्दो छ युवालाई व्यसायिकतामा जान सुझाव दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *