जेष्ठ नागरिक र एकल महिलालाइ सम्मान

जगतदल जनाला बिक
पञ्चपुरी ,सुर्खेत १८माघ।

पञ्चपुरी नगरपालिका वडा नम्बर २ का १सय जना ७० वर्ष माथीका जेष्ठ नागरिकलाई शुक्रबार सम्मान र बिपन्न १० जना एकल महिलालाइ बाख्रा बितरण गरिएको छ ।
पञ्चपुरी नगरपालिका वडा नम्बर २ले आर्थीक वर्ष २०७५।७६को पचास हजार बजेटमा एक सय जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । सरकारले जेष्ठ नागरिक भत्ता दिएपनि यसरी वडाले सम्मान दिएपछि जेष्ठ नागरिक खुसि भएका छन् । पञ्चपुरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जगत बिसीले यो वर्ष ७० वर्ष माथिका १सय जना जेष्ठ नागरिकका लागि भए पनि आगामी वर्षमा सम्पूर्ण जेष्ठ नागरिकलाइ यस्ता कार्यक्रम ल्याउने बताए ।पञ्चपुरी नगरपालिकाका उप्रमुख मुक्ती रेग्मी पुरीले सरकार बाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ताले मात्र जेष्ठ नागरिकका आवश्यकता पूरा नहुने भएकोले सम्मान गर्नुपर्ने परम्परा बसाल्न सुरुुवात गरेको र आगामी दिनमा यस्ता कार्यक्रमलाइ नगरले पनि निरन्तरता दिने बताइन् । यस्तै कार्यक्रममा प्राथमीक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सन्दीप महत,स्थानिय जनप्रतिनिधी,राजनितिक दलका प्रतिनिधीको सहभागीता रहेको थियो भने वडा कायालयकासचिव तिलकराम अधिकारीले कार्यक्रम सञ्चालन गरेकाथिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *