कृषकलाइ आत्म निर्भर बनाउन नर्सरी व्यवस्थापन तालिम

जगतदल जनाला बिक

पञ्चपुरी ,सुर्खेत २१ माघ ।

कृषकहरुलाइ आत्म निर्भर बनाइ कृर्षि उत्पादनमा बृर्दि गर्नका लागि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको आर्थीक सहयोग तथा ग्रामीण नमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा बेमौसमी तरकारी बाली अन्तर्गत नर्सरी व्यवस्थापन तालिम सञ्चालन गरेको छ ।
बढ्दो व्यरोजगार,महंगी, बाट कृषकलाई छुटकारा दिन तालिम दिएको सहकारीका अध्यक्ष रण बहादुर आचार्यले बताए । परम्परागत रुपमा कृर्षि पेसा गर्दै आए पनि प्राविधिक ज्ञान र सीप नहुँदा तरकारी खेती बाट सोचे जस्तो आम्दानी गर्न नसकेको पञ्चपुरी ४कि बसन्ती शाहीले बताइन् ।
पञ्चपुरीमा अन्य कृषि उत्पादन कम हुने तर मौसमी तथा बेमौसमी तरकारीको सम्भावना भएकोले यहाँका युवा कृषकहरुलाइ व्यवसायीक रुपमा अघि बढ्न पञ्चपुरी नगरपालिवडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर शाहीले जोड दिए । उनले वडालाइ नै कृर्षि जोनका रुपमा विकास गरिने हुंदा कृषिमा वडा बाट पनि बजेट छुट्याइएको जानकारी दिए।साविक बाबियाचौर गाबिसका १,२,३,४,५,६,७ का ८० जना कृषकहरुलाइ १ दिने तालिम दिइएको छ । सहकारीले कृर्षकहरुलाइ टनेल पाल,ड्रम,हजारी ,बिउ बिजन समेत बितरण गरेको छ ।तालिमको सहजिकरण मान बहादुर बयकले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *