झप्टीमा जलबायु शिक्षा

रेडियो डांडादरा
बर्दिया, २७ माघ ।
बर्दियाको राजापुर नगरपालिका वडा न ६ झप्टीका नागरिकहरुलाई जलबायु शिक्षाप्रदानगरिएको छ । टोलका ५२ जनानागरिकहरुलाई घरधुरीमै पुगेर शिक्षाप्रदानगरिएको हो । जस अन्र्तगतजलबायु परिर्बतन के हो, यसका असरहरु के के हुन्, असरहरु रोकथामकालागिनागरिकको भुमिकाहरु के के हुन सक्छन् भन्ने बिषयमा छलफल गरिएको थियो ।
टोलमाजलबायु परिर्बतन संग सम्बन्धीत समस्याहरु समाधानकालागिआगामिदिनमा के गर्न सकिन्छ भन्ने बिषयमा टोल स्तरमाकार्ययोजना समेत निर्माण गरिएको छ । प्रत्येक साता सरसफाई गर्ने, पलाष्टीकलाई एकै ठाउँमा जम्मा गरी व्यवस्थापनगर्ने, चौताराहरुमा सार्बजनिकशौचालयनिर्माण गर्ने, धारा छेउछाउमा सफा राख्ने, एक घर एक भाडा सुकाउने च्याङ्गबनाउनेलगायतका योजनाहरु त्य गरिएको सोही टोलकाबडघर सन्तरामथारुले जानकारी दिए । राजापुर नगरपालिका ६ न. वडा कार्यालयको आयोजनामा, ग्क्ब्क्ष्म् को आर्थिक सहयोग, म्ब्क्ष् नयिदब िकोप्राविधिक सहयोग र किर्डाक नेपालको सहजिकरणमा सञ्चालितपानीजलकचहरी कार्यक्रमअन्र्तगत यस अघि सम्पन्नभएको संकटासन्नता क्षमताविष्लेषण कार्यक्रमका सहभागिहरुले नागरिक शिक्षाप्रदानगरिरहेका छन् । वडाका जनप्रतिनीधि, बडघर लगायतको अगुवाईमानागरिक शिक्षाप्रदानगरिएको हो । वडा कार्यालयले नै जनप्रतिनिधी र बडघरहरुलाई मात्रशिक्षादिएर व्यवहारमालागु गर्न कठिनाई रहेको भन्दै वडाका सबै टोलमानागरिकहरुलाई शिक्षाप्रदानगर्न एक सहभागि एक समूदायसिकाई आदानप्रदानअभियान सुरु गरेको थियो । वडा कार्यालयले सोहोली र महादेउली टोलमानागरिक शिक्षाप्रदानगरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *