स्तरोन्नति नहुँदा कर्णाली राजमार्गमा सास्ती

यातायात सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि स्तरोन्नती नहुँदा कर्णाली राजमार्गमा सवारी सञ्चालनमा सास्ती हुने गरेको छ। साँघुरो सडक र खाल्डाखुल्डीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ। राजमार्ग फराकिलो नहुँदा गाडी बिग्रेको खण्डमा घण्टौंसम्म जाम हुने गरेको हो।
साँघुरो सडकका कारण दोहोरो सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । कतिपय मोडमा त आधा किलोमिटरजति पछाडि फर्केर अर्को गाडीलाई पास गराउनुपर्ने बाध्यता छ। कर्णाली राजमार्गअन्तर्गत कालेखोला, जिते र तल्लो डुंगेश्वर सडकखण्डमा उकालो बाटो भएको र बढी भार लिएर आउने सवारी साधन बाटोमै बिग्रिनाले जाम हुने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले बताउनुभयो ।
राजमार्ग स्तरोन्नति नहुँदा यस्तो समस्या झेल्नुपरेको सवारीचालकको गुनासो रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *