समुदायको बिकासका लागि युवाहरुलाई शुसासन सम्बन्धि तालिम सम्पन्न

बाबियाचौर, सुर्खेत

शुसासन तथा जवाफदेहीता सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । पञ्चपुरी नगरपालिका को बाबियाचौरमा भएको कार्यक्रम मा नगरपालिका भित्र का युवा क्लव तथा युवा संजालका गरि ३० जनाको सहभागिता रहेको थियोे ।

कार्यक्रममा शुसासन जवाफदेहीता पारदर्शिता, असल शासनका आधारभुत तत्वका बारेमा छलफल गरिएको छ ।
नेपाल जिविकोपार्जन तथा उथ्थानशिल परियोजना अन्तरगत एकता फाउन्डेसन नेपाल ले कार्यक्रम को आयोजना गरेको बताईएको छ ।

आफ्नो समुदाय, समुहमा र आफु भित्र पनि पारदर्शिता कायम गरि समाज बिकास मा युवाहरुलाई परिचालन गर्न तालिम संचालन गरिएको एकता फाउन्डेसन सुर्खेत का कार्यकारी निर्देशक दुर्गा घर्ती ले जानकारी दिनुभएको छ ।

साथै युवा हरुले आफ्नो समूह र समुदायमा पारदर्शिता का लागि वकालत र पैरवी गर्न समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रम को सहजिकरण गर्दै कारितास नेपाल, नेपालगन्ज का क्षेत्रीय ब्यवस्थापक जनक प्रसाद शर्माले युवाहरु पारदर्शी भए समुदायको बिकास गर्न सजिलो हुने बताउनुभएको छ । नगरपालिका ले समुदायका युवाहरुको आबश्यकता लाई पहिचान गरि काम गर्न सकेमा परिवर्तन युवाले नै गर्ने मा जोडदिनुभएको छ । हरेक युवाहरु बिदेशीने प्रबृत्ति बढेको हुदा आफ्नै समुदायमा उद्यमहरु सृजना गर्न आबश्यकता रहेको समेत औल्याउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *