एक मुठी चामल सहयोग माग्दै साझा घर

साउन ५, २०७६

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गएको चैत १५ देखि सञ्चालन भइरहेको साझा घर असहायको सहारा बनेको छ । अहिलेसम्म साझाघरले २७ जनाको हेरचाह गरिरहेको छ । ९ जनालाई परिवारसँग मिलन गराइसकेको छ ।

दैलेख, सुर्खेत, कालिकोटबाट असहायहरू आएका छन् । ‘दैलेखको तल्लो डुंगेश्वर देखि ६ जना, कालिकोटबाट पनि असहाय ल्याएका थियौं,’ सेवक विनोद भन्छन्, ‘हामी सबैले निःशुल्क सेवा गर्दै आइरहेका छौं ।’ उनले अहिले एक लाख पचास हजार जति मासिक खर्च भइरहेको जानकारी दिए । ‘यहाँ आएका मानसिक सन्तुलन गुमाएका बिरामीहरूको लागि औषधि काठमाडौं तथा अन्यत्रबाट मगाउनु पर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यही कारण एक लाख पचास जति मासिक खर्च हुने गरेको छ ।’

घरमा मानसिक सन्तुलन गुमाएका, परिवारबाट विछोड भएका तथा सडक बालबालिकाले आश्रय लिइरहेका छन् । सेवकहरू विनोद चौलागाई, भीमबहादुर विश्वकर्मा, विष्णुबहादुर शाही, तपेन्द्र विक, अहेब कल्पना मल्लले निःशुल्क सेवा दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *