
नेपाल बिद्यार्थी संघ पञ्चपुरी ले SEE काे ग्रेड बृद्धि परीक्षा स्थानीय स्तरमा नै हुनुपर्ने माग राख्दै अाज पञ्चपुरि नगरपालिका काे कार्यालय मा ज्ञापन पत्र बुझाएको छ । चाैकूने, पञ्चपुरी र बराहताल गाउपालिकाका बिद्यार्थी हरु सदरमुकाममा गएर परिक्षा दिन खर्चिलो र टाढा भएको हुदा पश्चिम सुर्खेत मै केन्द्र ताेक्न अनुराेध गरिएको छ ।
संघिय संरचना अनुसार केन्द्र काे अधिकार गाउमा अाएपनि परिक्षा दिन सदरमुकाम जाने परिपाटी रहेकाे र टाढा जान खर्च अभाव हुदा परीक्षा दिनबाट कतिपय बिद्यार्थी बञ्चित हुनेगरेकाे बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
करिव २ सय १५ जनाकाे हस्ताक्षर सहितकाे ज्ञापनपत्र बुझ्दै नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले भाैगाेलिक बिकटता र सदरमुकाम जानुपर्ने बाध्यता हटाउन अाफ्नाे तर्फबाट यस बिषयमा पहल गर्ने बताउनुभएको छ । अागामि भदाै १ गतेदेखि संचालन हुने ग्रेड बृद्दि परिक्षा का लागि धेरैजसाे बिद्यार्थी हरु तयारीमा जुटिरेका छन ।
Chat Conversation End