तिजगित तथा नृत्य प्रतियोगिता सम्पन्न

 

निशा कडेल

बाबियाचाैर सुर्खेत

 

महिला दिदिबहिनी हरुकाे महान चाड हरितालिका तिजकाे अवसरमा तिज गित तथा नृत्य प्रतियोगिता   बाबियाचाैरमा सम्पन्न भएको छ । पञ्चपुरि नगरपालिका काे अायाेजना एकता फाउन्डेसन, महिला संजाल र ग्रामिण एकता युवा संजाल काे समन्वय मा कार्यक्रम गरिएको हाे ।

पञ्चपुरी नगरपालिका अन्तरगत का १४ अाेटा समुहको सहभागीता रहेको अायाेजकले जनाएको छ । कार्यक्रम मा प्रथम बरपिपल अामा समूह, दाेस्राे धनरुपा बिक समूह, तेस्राे मालिका अामा समूह र सान्त्वना सयपत्रि अामा समूह रहेका छन ।

कार्यक्रम मा बाेल्दै पञ्चपुरी नगरपालिका का उप प्रमुख मुक्ति पुरी ले अाफ्नाे अवस्था अनुसार तिज बनाउन सबैलाई अाग्रह गर्नुभएको छ । समाजमा तिजका नाममा बढ्दै गएकाे बिकृति हटाउन सबै जना लाग्नुपर्ने मा समेत जाेडदिनुभएकाे छ। बेला थापाले संचालन गरेकाे कार्यक्रम महिला बिकास शाखा पञ्चपुरी का मञ्जु भण्डारीकाे अध्यक्षता सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *