पञ्चपुरी शिक्षक महासंघ काे प्रथम नगर परिषद सम्पन्न

निशा कडेल

बाबियाचाैर,सुर्खेत

 

पञ्चपुरी नगरपालिका स्तरीय शिक्षक महासंघ काे प्रथम नगर परिषद अाज बाबियाचाैरमा सम्पन्न भएको छ । नगरपालिका भित्र शिक्षा संग सम्बन्धित संघ संगठन बिद्यालयका शिक्षकहरुकाे भेलाले विभिन्न माग हरु राखेको छ । परिषद बाट बाट बार्षिक अार्थिक तथा प्रगति प्रतिबेदन अनुमाेदन गरिएको छ । परिषद ले पञ्चपुरी नगरपालिका भित्र का बिद्यालय काे बार्षिक परीक्षा काे प्रश्नपत्र निर्माण र शिक्षा दिवशमा शिक्षा मा याेगदान गर्ने ब्यक्ति हरुलाई सम्मानित गर्ने समेत निर्णय गरेको छ । नगरपालिका भित्र का बिद्यालयमा बिद्यार्थी काे चाप बढिरहेको र शिक्षक दरवन्दि कम रहेकाेले तत्काल दरबन्दी सृजना गर्न समेत भेला ले माग गरेकाे छ ।

कार्यक्रम काेे प्रमुख अतिथिका रुपमा बाेल्दै पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले अागामि दिनमा नगरपालिका भित्र का शिक्षक दरबन्दी मिलान गर्न र समस्या समाधान गर्न स्वयंसेवक शिक्षककाे अबधारणा ल्याएकाे समेत बताउनुभएको छ । शिक्षक महासंघले बुझाएको प्रतिबेदनमा धेरै कुरा उल्लेख भएको हुदा नगरपालिका भित्र काे शिक्षा मा सुधार ल्याउन प्रतिबेदनमा रहेर काम गर्ने समेत प्रतिबद्धता जनाउनुभएकाे छ । अागमि दिनमा शिक्षक महासंघ संग समन्वय गरेर अगाडि जाने र शिक्षक महासंघले पनि समग्र शिक्षककाे हितमा रहेर काम गर्न अाग्रह गर्नुभएको छ । कार्यक्रम मा पंचपुरी शिक्षक महासंघका अध्यक्ष गंगाराम घिमिरेले नगरपालिका मा तत्काल ४४ वटा शिक्षक दरवन्दि अावश्यक रहेकाे र शिक्षा का हरेक गतिविधि स्थानीय निकायबाट न्यायाेचित तबरबाट गर्न स्थानीय निकायलाई सुझाव दिनुभएको छ । अागामि दिनमा शिक्षक प्रति लागेका लान्छना लाई हटाउदै सामुदायिक बिद्यालय काे शिक्षा मा परिवर्तन ल्याउन सधैं प्रतिबद्ध रहने समेत घिमिरेले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *