शिक्षा दिवस मा अतिरिक्त क्रियाकलाप सम्पन्न

निशा कडेल

बाबियाचाैर, सुर्खेत

४०औ अन्तर्राष्ट्रिय साक्षरता दिवस एबम शिक्षा दिवस बिबिध कार्यक्रम का साथ देशभर भव्य रूपमा मनाईएको छ । शिक्षा दिवस का अवसर अन्तरगत अाज चाैकुने गाउपालिका २ लगाममा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय लगाम ले अाज अाधारभुत तहमा हाजिरी जवाफ प्रतियोगिता र माद्यामिक तहमा “आजको समयमा शिक्षाको महत्व” बिषयमा वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम का प्रमुख अतिथी बि ब्य स सदस्य पदमराज जैसिले बिद्यार्थी, शिक्षक र अभिभावक काे समन्वय र सहयाेगमा बिद्यालय राम्रो हुने बताउनुभएको छ । बिद्यालयले बिद्यार्थीकाे शैक्षिक स्तरमा बृद्दि गर्न लाग्नुपर्ने मा समेत जाेडदिनुभएको छ ।कार्यक्रमको सभापतित्व बिद्यालय का सहायक प्रधानाध्यपक पदम शाहीले गर्नुभएको हाे । कार्यक्रम मा प्रथम,द्वितीय, तृतीय देखि सान्त्वना स्थान ल्याउने बिद्यार्थी लाई पुरस्कार बितरन गरियको बिद्यालय का शिक्षक टंक थापाले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *