अनुभव अादानप्रदान कार्यक्रम सम्पन्न

निशा कडेल

बाबियाचाैर,सुर्खेत

AEIN लग्जेम्बर, टिडि एच जर्मनि काे सहयोग मा सन २०१६ देखि संचालन भएको कार्यक्रम काे समीक्षा गरिएको छ । महिला तथा बालबालिका मा न्यायमा पहुच कार्यक्रम अन्तरगत संचालन भएका कार्यक्रम काे जानकारी तथा अनुभव अादान प्रदान अाज बाबियाचाैरमा गरिएको हाे । छलफल कार्यक्रम मा पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र बहादुर थापाले अावाज संस्था बाट बालबालिका हरुकाे पढाइ स्तर छात्रवृत्ति बितरण गरिएको कार्यक्रम राम्रो भएको बताउनुभएको छ । बालविवाह ले नै बहुविवाह हुने भएको हुदा बालविवाह का बारेमा जनचेतना जगाउन संस्था संग समन्वय र सहकार्य गरेर काम गरेको बताउनुभयो । नगरपालिका भित्र का ६ वटा वडामा मात्रै कार्यक्रम नगरी सबै वडामा समेट्न सकेमा थप प्रभावकारी हुने सुझाव दिनुभएको छ ।

अावाज संस्थाले संचालन गरेको वालसुलभ केन्द्र ले सकारात्मक सिकाई भएको सहभागीहरुले बताएका छन । कार्यक्रम लागू भए पछि धेरै जसाे बालविवाह, बहुविवाह र घरेलु हिंसाका समस्या हरु बाहिर अाउने गरेको न्यायिक समिति काे संयाेजक एवं पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ति पुरी ले बताउनुभएको छ । कार्यक्रम का सहभागी हरुले अागामि दिनमा घरपरिवार सबै संग बसेर छलफल गरि दिर्घकालिन समस्या समाधान गर्ने खालका कार्यक्रम ल्याउन समेत सुझाव दिएका छन । महिला हरुकाे समस्या हरुअाज भाेलि समाधान गर्न सुरुमा महिला संजाल मा सल्लाह लिन जाने गरेकाे महिला शसक्तिकरण संजाल सालकाेटका अध्यक्ष टीका रानाले बताउनुभएको छ । अावाज संस्थाले महिला तथा बालबालिका मा न्यायमा पहुच कार्यक्रम अन्तरगत अावाज संस्थाले महिला, बालबालिका, युवा हरुमा विभिन्न कार्यक्रम संचालन गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *