अन्तरक्रिया कार्यक्रम सम्पन्न

निशा कडेल

२५ भदौ बाबियाचाैर, सुर्खेत

अधिकार र कर्तब्य का लागि शिक्षक एकता बिषयमा शिक्षक हरु बिच अन्तरक्रिया कार्यक्रम अाज गुटुमा सम्पन्न भएको छ । नेपाल शिक्षक महासंघ चाैकुने गाउ समिति काे अायाेजनामा भएको कार्यक्रम मा चाैकुने गाउपालिका भित्र का शिक्षकहरु काे सहभागीता रहेकाे छ । गुटु काे साझा हलमा भएको कार्यक्रम मा शिक्षकहरु बिच एकता काे अाबश्यक रहेको सहभागीले बताएका छन । कार्यक्रम मा बाेल्दै पुर्ब सुचना तथा संचार राज्य मन्त्री तप्तबहादुर बिष्टले समुदायमा राम्रो बाताबरण बनाउने जिम्मा शिक्षकहरुकाे हुने भएकाे हुदा सकारात्मक शिक्षा दिन अाग्रह गर्नुभएकाे छ ।

कुनै पनि अाग्रह पुर्बाग्रह नराखी काम गरेमा समुदायको बिकास हुनेमा समेत जाेड दिनुभएको छ । साथै चाैकुनेकाे शैक्षिक स्तर बिकास गर्न अाफुले पहिले पनि काम गरेको र अागामि दिनमा पनि काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । यता गाउपालिका का उपाध्यक्ष निर्मला रानाले गाउपालिकाले नीति तथा कार्यक्रम मा शिक्षा लाई प्रमुख प्राथमिकतामा राखेकाे र यसमा सबै शिक्षककाे सहयोग र समन्वयको खाचाे रहेको बताउनुभएको छ । कार्यक्रम शिक्षक दिनेश प्रसाद जाेशीकाे अध्यक्षता मा सम्पन्न भएको चाैकुने बाट हाम्रा सहकर्मी तिर्थ धमाला ले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *