पञ्चपुरीका मेयरद्वारा जग्गा धनी प्रमाण पुर्जा बितरण

निशा कडेल

२७ भदौ बाबियाचाैर, सुर्खेत

सुर्खेत पश्चिम का ३ अाेटा स्थानीय निकायहरुमा जग्गा धनी प्रमाण पुर्जा बितरण गरिएको छ । चाैकुने पञ्चपुरी र बराहतालका गरि ९४ जनालाई जग्गा धनी पुर्जा बितरण गरिएको अायाेजक ले जनाएको छ । नापी कार्यालय सुर्खेत काे अायाेजनामा भएको कार्यक्रम अन्तरगत चाैकुने मा ७६ जना पञ्चपुरी नगरपालिका मा १४ र बराहतालका ४ जनालाई पुर्जा बितरण गरिएको छ । २०२८ सालमा नापि नक्सा भएकाे तर जग्गा ब्लकमा भएका हरुलाई जग्गा धनी पुर्जा बितरण गरिएकाे नापि कार्यालय नापि नक्सा शाखा सुर्खेतका नापि अधिकृत राजेन्द्र थापा बताउनुभएको छ ।

१ सय २० दिन सम्म जग्गा बेचबिखन गर्न नपाईने र मालपोत कार्यालय श्रेष्ता बुझाए पछि बेचबिखन ,नामसारी र धराैटि राख्न सकिने समेत बताउनुभएको छ । जग्गा धनी पुर्जा छुटेकाहरुले २ महिना भित्र नापि कार्यालयमा गएर समेत लिन सकिने समेत जानकारी दिनुभएको छ ।पञ्चपुरी नगरपालिका ८ का मुक्ति प्रसाद घिमिरे ले घरदैलो मा नै पुर्जा पाउदा खुसि ब्यक्त गरेका छन । शुक्रबार बाबियाचाैरमा पञ्चपुरी नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले हस्तबहादुर मगरलाई जग्गा धनी प्रमाणपुर्जा बितरण गर्नुभएको हाे । पुर्जा बितरण कार्यक्रम मा उप प्रमुख मुक्ति पुरी, प्रमुख प्रशाकिय अधिकृत पित्रिभक्त गिरी, वडा अध्यक्ष खड्कबहादुर थापा, भक्ति पाैडेल र हरिप्रसाद ढकालकाे उपस्थित रहेकाे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *