पञ्चपुरीमा काङ्ग्रेस काे जागरण अभियान सम्पन्न

निशा कडेल

३१ भदौ बाबियाचाैर सुर्खेत ।

नेपाली काङ्ग्रेस काे दाेस्राे चरणको जागरण अभियान अन्तरगत अाज बाबियाचाैरमा सम्पन्न भएको छ । देश भर सञ्चालन भएको जागरण अभियान अनुसार बाबियाचाैरमा कार्यकर्ता भेटघाट तथा छलफल गरिएको हाे । जागरण अभियान का केन्द्रीय प्रतिनिधि मानबहादुर नेपाली ले अभियान काे अाैचित्य बारे जानकारी दिनुभएको छ ।

कार्यक्रम काे खुला छलफल का क्रममा कार्यकर्ता हरुले काङ्ग्रेस भित्र काे गुटबन्दी लाई अन्त्य गर्न सकेमा मात्रै पार्टी बलियाे हुने बताएका छन । नेपाली काङ्ग्रेस ले अाफ्नाे समयमा गरेका कामकाे समुदायमा जानकारी दिन अावश्यक रहेको ले नेता तथा कार्यकर्ता ले नागरिक सामु पुग्न जरुरि रहेकाे बताएका छन । जागरण कार्यक्रममा पुर्ब पार्टी सभापति तप्त बिष्ट र केन्द्रीय सदस्य हृदय राम थानिले मिलेर अगाडि जाने प्रतिबद्धता समेत जनाएका छन । कार्यक्रम नेपाली काङ्ग्रेस पञ्चपुरीका सभापति नरेन्द्र शाहिकाे अध्यक्षता मा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *