निशा कडेल ३ असाेज बाबियाचाैर, सुर्खेत
‘संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔं, घरघरमा राष्ट्रिय झण्डा फहराऔं भन्ने नाराका साथ शुक्रबार चौथो संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाईएकाे छ ।
पञ्चपुरी नगरपालिका ले बिहान ७ बजे नगरपालिका देखी प्रभातफेरी सहित बाबियाचाैरकाे रंगशालामा खेलकुद समेत काे अायाेजना गरेकाे हाे । कार्यक्रम मा नगरपालिका का प्रमुख प्रशाकिय अधिकृत पित्रिभक्त गरिले ” यहाँ देशकाे छ चिन्ता तिमी माया माया भन्छाै, साच्चै नबुझ्ने हाैकि नबुझे जस्तै गर्छाै” बाेलकाे राष्ट्रिय गित गाउदा झनै कार्यक्रम रमाइलो भएको थियोे ।
पञ्चपुरी नगरपालिका उप प्रमुख मुक्ती रेग्मी ले संविधान बनेर मात्रै नभई यसकाे कार्यान्वयन गर्नु महत्त्वपूर्ण कुरा भएको बताउनुभएको छ । साथै उहाले अागामि दिनमा संविधान दिबश थप प्रभाकारी ढंगले मनाउने बताउनुभयो ।
प्रभातफेरी पछि बाेल्दै नगरपालिका का प्रमुख उपेन्द्र बहादुर थापाले संबिधान काे पालना गरि अगाडि बढ्नुपर्ने मा जाेेड दिनुभएको छ । नगरपालिका ले गरेकाे जनप्रतिनिधि र कर्मचारी बिचकाे फुटबल खेलले मैत्रीपूर्ण ब्यवहार सृजना हुने बताउनुभएको छ ।
कर्मचारी काे तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पित्रिभक्त गिरी र जनप्रतिनिधि बाट नगर प्रमुख उपेन्द्र बहादुर थापाको कप्तानी मा फुटबल खेल संचालन भएको थियोे ।